हवाइ-उडान

दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु

काठमाडौं: बिहीबारबाट भारतको राजधानी दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु भएको छ ।

सरकारले ११ चैतपछि देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि बन्द भएको यो रुटमा आज नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान गर्दैछ ।

ए–३२० जहाजको उडान सवा ११ः२० बजेका लागि निर्धारित रहेको ...

साउदी अरेबियाले एक साता स्थगित गर्‍याे यात्रीवाहक हवाई उडान

रियाद: साउदी अरेबियाले व्यावसायिक यात्रीवाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो ।

साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका ...

निगमले पहिलोपटक मकाउमा उडान गर्दै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो । 

नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको निगमले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा ...

नेपाल एयरलाइन्सले मलेशियाबाट १७ नेपालीको शव ल्याउने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ ।
    
क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान ...

जापानमा एकैदिन झण्डै सय उडान रद्ध

एजेन्सी । जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्ध भएका छन् ।

अत्यधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावा हुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो । 

जापानका सवैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स ...

हिमपातका कारण हुम्लामा हवाई सेवा अवरुद्ध

सिमकोट । हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात हुँदा आज बिहानबाट अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायात अवरुद्ध भएको छ । बिहीबार राति १२ः०० बजेदेखि जिल्लामा हिमपात हुँदा सिमकोट विमानस्थल अवरुद्ध भएको हो । 

बिहान विमानस्थलको धावनमार्गमा जमेको बाक्लो हिउँ दिउँसो गाडीले पन्छ्याए पनि निरन्तर हिमपात र हावाहुरीका ...

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु

सुर्खेत । निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुुरुआत गरेको छ । काठमाडौँ–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १०ः३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी ...

जहाज थपेर उडान विस्तार गर्दै यती एयरलाइन्स

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र्याएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो । यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौँ आइपुग्नेछ । योसहित यतीसँग छ थान एटिआर जहाज हुनेछन् ...

पोखरा–सिमराबीच सिधा हवाई सम्पर्क हुने

कास्की । पर्यटकीय नगरी पोखरा र जीतपुर सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुनेभएको छ । यति एयरलाइन्सले आगामी चैत १५ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने भएको हो । 

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज आयोजित सरोकारवाला निकायको संयुक्त बैठकले आन्तिरक एवं भारतीय पर्यटक प्रवद्र्धन गर्ने लक्ष्यका साथ हवाई ...

हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । 

नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार ...