नेपाली चलचित्र

बालुवाटारमा ६ दिनपछि ओली-प्रचण्ड भेट

काठमाडौं, ३० असार । नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग प्रचण्डको यसबीचमा ६ दिन संवाद भएको थिएन ।

गत बुधबार साँझको भेट तिक्तापूर्णरूपमा अन्त्य भएपछि मङ्गलबार उनीहरूबीच संवाद भएको हो । गत बुधबार पार्टी अध्यक्ष प्रचण्डले ...

पछिल्लो २४ घण्टामा ११६ कोरोना संक्रमित थपिए, जम्मा संक्रमितको संख्या ६ हजार ६९५ पुग्याे

काठमाडौं, ३० असार । नोभेल कोरोना भाइरसका ११६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ संक्रमित थपिएका हुन् ।

आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने त्यसअघिल्लो दिन ७० जनामा कोरोना भाइरस देखिएको थियो । त्यसैगरी सोमबा १४४ ...

राम जन्मभूमिबारे प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्छ: बामदेव गौतम

काठमाडौं, ३० असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् ।

राम जन्मभूमि अयोध्या नेपालमा पर्ने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रमाणित विषय नभएको भन्दै नेता गौतमले यो अभिव्यक्तिबाट राष्ट्रिय ...

कोरोना अपडेटः आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कुल ११६ कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न २५ प्रयोगशालामा गरिएको चार हजार ३६१ नमूना परीक्षणमा ११६ जनामा कोरोना पुष्टि भएको हो।

आज सबैभन्दा बढी प्रदेश नं २ को धनुषामा २१ सङ्क्रमित फेला परेका छन्। यस्तै महोत्तरीमा १९, अछाममा ...

जेलभित्रै पनि ठूलो अपराध छः गृहमन्त्री थापा

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले कारागारका लागि नयाँ संरचना विकास नगरी सुधार गृहमा परिणत गर्न नसकिने बताएका छन्। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भएको कारागार सुधार तथा कैदी व्यवस्थापनसम्बन्धी छलफलमा उनले अपराध कार्यकै कारण जेल गएका हुनाले चिन्तनमा सुधार ल्याउन कैदीलाई शिक्षा, दीक्षा र मनोपरामर्श ...

अयोध्याबारे प्रधानमन्त्री ओलीको अभिव्यक्ति राजनीतिक विषय होइनः परराष्ट्र

काठमाडौं। परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति राजनीतिक विषयसँग नजोडिएको स्पष्टीकरण दिएको छ। मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशयको पनि होइन।’

ओलीले आइतबार ...

विप्लव नेकपाका सैन्य विभाग प्रमुख पक्राउ

विराटनगर। मोरङको उर्लाबारी नगरपालिकाबाट नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका सैन्य विभाग प्रमुख पक्राउ परेका छन्। विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त अप्रेशनका क्रममा ४० वर्षीय नन्दबहादुर बोहरा पक्राउ परेका हुन्।

सो पार्टीका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख ...

ओली-प्रचण्डबीच आजको भेटवार्तामा के कुरा भयो ?

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच मंगलबार भएको ‘वान टू वान’ संवाद सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीमा जारी गतिरोधबारे छलफल भएको बुझिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ...

यस्तो छ कर्णालीका जनप्रतिनिधिको तलब सुविधा

सुर्खेत। स्थानीय तहका पदाधिकारीको सेवा-सुविधासम्बन्धी विधेयक संशोधन भएपछि कर्णालीका जनप्रतिनिधिलाई मासिक तलब तथा सेवा सुविधा पाउने बाटो खुलेको छ। कर्णालीका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रदेशसभाले पारित गरेसँगै जनप्रतिनिधिले तलब पाउने कानूनी ...

पोलिमर नोट प्रकरणमा पूर्व गभर्नरसहित ३ जनालाई सफाइ

काठमाडौं। विशेष अदालत काठमाडौंले पोलिमर नोट छपाई सम्बन्धी मुद्दामा नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. तिलक रावलसहित तीन जनालाई सफाइ दिएको छ। विशेष अदालतले मंगलबार दश रुपैयाँको पालिमार नोट छाप्दा भ्रष्टाचार गरेको अभियोगमा अख्यिारले दायर गरेको मुद्दामा अन्तिम सुनुवाई गर्दै सफाइ दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्दान ...