काठमाडौं, २५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय विदेश मन्त्री जयशंकरको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् । आइतबार ट्वीट गर्दै प्रवक्ता शर्माले त्यस्तो आपत्ति जनाएका हुन् ।
भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा ...
एजेन्सी । संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ ।
अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोग सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उत्तर अफ्रिकी मुलुकहरुको भ्रमणकै क्रममा मन्त्री एस्परले ट्युनिसियासँग पनि यस्तै ...
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजलास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए ।
उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहेका छन् । ...
एजेन्सी । बेलायतमा फेरि पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ ।
लन्डनबाट प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।
यो संख्या बेलायतमा भेटिएका कोरोनाका संक्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा करिब दोब्बर ...
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिँदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गर्न सक्ने भएका छन् । यसका साथै ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहारहरु हात पार्न सक्नेछन् ।
एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाका ग्राहककालागि ...
काभ्रेपलाञ्चोक । चौँरी देउराली गाउँपालिकाका जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारवाही गरिने भएको छ । दुई दिनअघि कार्यान्वयमा ल्याइएको ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि–२०७७’ प्रचारप्रसारमा जुटेको गाउँपालिकाले हरेक कार्यक्रममा ‘मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही’ को सन्देशसमेत दिइरहेको ...
काठमाडौं । नेपालमा थप २२ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
२२ हजार २१९ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् भने होम आइसोलेसनमा ...
काठमाडौं । काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा १३७३, भक्तपुरमा ३९ तथा ललितपुरमा १८७ रहेका छन् ।
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटी आफ्नै घरेलु मैदानमा वेष्टहाम युनाइटेडसँग पराजित भएको छ ।
भर्खरै सम्पन्न खेलमा लेस्टर वेष्टहामसँग ३-० गोलले पराजित भएको हो ।
वेष्टहामको जितमा खेलको १४ औं मिनेटमा मिसेल एन्टोनियो, ३४ औं मिनेटमा पाब्लो फर्नाल्स र ८३ औं मिनेटमा जारोड बोयनले गोल गरे ।
पराजित ...
एजेन्सी । अफगानिस्तानको हेल्माण्ड प्रान्तका एकजना जिल्ला प्रमुखको बम हमला गरेर हत्या गरिएको समाचारमा जनाइएको छ ।आइतबार भएको सो बम हमलामा परी अफगानिस्तानको हेल्माण्ड प्रान्तका जिल्ला प्रमुख नाकिबुल्लाह रोशनको ज्यान गएको हो ।
हेल्माण्ड प्रान्तका प्रान्तीय गभर्नर ओमार जवाकले उक्त कुराको जानकारी गराएका छन् । उनले ...