केपी-ओली

सर्वोच्चमा एकल इजलास मात्र सञ्चालनमा

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजलास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए । 

उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहेका छन् । ...

मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही गरिने

काभ्रेपलाञ्चोक । चौँरी देउराली गाउँपालिकाका जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारवाही गरिने भएको छ । दुई दिनअघि कार्यान्वयमा ल्याइएको ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि–२०७७’ प्रचारप्रसारमा जुटेको गाउँपालिकाले हरेक कार्यक्रममा ‘मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही’ को सन्देशसमेत दिइरहेको ...

नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २२ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  जानकारी दिए।

२२ हजार २१९ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् भने होम आइसोलेसनमा ...

काठमाडौं उपत्यकामा आइतबार थपिए १५९९ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

 

जसमध्ये काठमाडौंमा १३७३, भक्तपुरमा ३९ तथा ललितपुरमा १८७ रहेका छन् । 

प्रिमियर लिगः आफ्नै मैदानमा लेस्टर वेष्टहामसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटी आफ्नै घरेलु मैदानमा वेष्टहाम युनाइटेडसँग पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा लेस्टर वेष्टहामसँग ३-०  गोलले पराजित भएको हो ।


वेष्टहामको जितमा खेलको १४ औं मिनेटमा मिसेल एन्टोनियो, ३४ औं मिनेटमा पाब्लो फर्नाल्स र ८३ औं मिनेटमा जारोड बोयनले गोल गरे । 

पराजित ...

नोबेल पुरस्कार घोषणा सप्ताह शुरु

एजेन्सी । सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि शुरु हुँदैछ । नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा हुनेछ । 

कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणाको तयारी गरेको छ । 

कोरोनाभाइरस महामारीका कारण यसवर्ष ...

 दशैँमा घर आउँदा १४ दिन क्वारेन्टिन बस्नुपर्ने 

तनहुँ । दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो । 

चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै ...

हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

नवलपुर । हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो । 

रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा आज लोकबहादुरलाई हात्तीले ...

अस्ट्रेलियाका राजदूतको यस्तो रह्यो सभामुख सापकोटासँग बिदाई भेट

काठमाडौं । नेपालका लागि अस्ट्रेलियाका राजदूत  पिटर बडले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग बिदाई भेट गरेका छन् ।  

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत बडले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाई भेटघाट गरेका हुन् ।   

भेटमा सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच ६० बर्ष लामो सुमधुर ...

भारत र अमेरिकाका विदेशमन्त्री जापानमा भेट हुने

एजेन्सी । अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ । 

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र भारतका समकक्षी एस जयशंकरको मङ्गलबार भेट हुने तय भएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

दोस्रो क्वुयुएडीमा सहभागी हुनका लागि उनीहरू जापान जान लागेका हुन् । त्यसमा ...