काठमाडौं, २ साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन ३ गतेका लागि बोलाइएको छ । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि साउन ३ गते सचिवालय बैठक बोलाउने सहमति भएको एक नेताले जानकारी दिए ।
शुक्रबार दुई अध्यक्षको छलफलले स्थायी ...
काठमाडौं, २ साउन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी समिति बैठक फेरि स्थगित भएको छ । आज ११ बजेका लागि बोलाएर दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठक फेरि साउन ४ अर्थात आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको ...
लमजुङ, २ साउन । लमजुङ जिल्लाको कोलासोथर गाउँपालिका ९ गिलुङ रहेको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् । क्वारेन्टिनमा रहेका ती युवकले आत्महत्या गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए ।
लकडाउनअघि बुटवल दिदीको घर गएका युवराज घर्ती असार ३१ गते गाउँ फर्किएका ...
काठमाडौं, २ साउन । काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा स्थानीयको कुटाइबाट एकजनाको मृत्यु भएको छ । टोलवासीले रक्सी खाएर आएको व्यक्ति चोरी गर्न गाउँ छिरेको भन्दै कुटपिट गरेका थिए । प्रहरीका अनुसार गएराति १ बजेको समयमा चोर भन्दै टोलका व्यक्तिहरुको कुटाइबाट रसुवा घर भइ हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङ ...
काठमाडाैं, २ साउन। टिचिङ अस्पतालकाे साढे १६ करोड रूपैयाँ ‘गायब’ भएको छ । देशकै पुरानो प्रतिष्ठित र ‘आदर्शवान’ डाक्टरहरूले नेतृत्व गरेको मेडिकल कलेज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (बोलीचालीका भाषामा टिचिङ अस्पताल)को साढे १६ करोड रूपैयाँ बैंकमा दाखिला नै नभइ ‘गायब’ भएको हाे ।
महालेखा ...
काठमाडौं, २ साउन । पठाओका संस्थापक फाहिम सलेहको हत्या भएको छ । नेपाल तथा बंगलादेशमा चर्चित राइड शेयरिङ एप पठाओका संस्थापक सलेहको शव आराले काटेर छिन्न भिन्न भएको अवस्थामा फेला परेकाे हाे ।
३३ वर्षिय सेहेलकाे शव न्युयोर्कको मेनहट्टनस्थित आफ्नै अपार्टमेन्टमा फेला परेको हो । मंगलबार सलेहकै अपार्टमेन्टमा ...
काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गरेका हुन्। काँग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा सूर्य ढुङ्गेल (महोत्तरी) ...
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताएका छन्।
सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। सोही लक्ष्यलाई ...
काठमाडौं। शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना संक्रमण देखिएको हो।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल सक्रिय ...
काठमाडौं। सरकारले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा द्विपक्षीय वार्ता गर्ने भएको छ। नदी तथा खोलाको प्राकृतिक बहाव नै रोकिने गरी सीमावर्ती क्षेत्रमा सडक तथा अन्य संरचना खडा गरिएका कारण वर्षाको समयमा ठूलो क्षति हुने गरेको छ।
यस्तै पानीको प्राकृतिक बहाव रोकिने गरी ...