काठमाडाैं, २ साउन। सहमति गर्ने दुई सातादेखिको प्रयास असफल भएपछि नेकपाको आन्तरिक विवाद फेरि स्थायी कमिटीमै फर्किने भएको छ । स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ।
१७ असारयता चारपटकसम्म स्थगित स्थायी कमिटी बैठक शुक्रबार बालुवाटारमा बोलाइएको छ। स्थायी कमिटी बैठकमा पेस भएका एजेन्डा र पार्टी ...
काठमाडाैं, २ साउन। आज बस्ने नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले बोल्ने तयारी गरेका छन्।
ओलीले शुक्रबार स्थायी समिति बैठकमा आफ्नो पक्षका सदस्यहरुले धारणा राख्ने जानकारी हिजो बिहीबार बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई ...
काठमाडौँ , २ साउन। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनबाट धुम्बाराहीस्थित ह्याम्स अस्पताल गएका नेपाल वायुसेवा निगमका पाइलटसहित चालक दलका १४ संक्रमित सोल्टी होटलमा सरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत उनीहरूलाई एक ठाउँको आइसोलेसनबाट अर्को ठाउँमा सर्न अनुमति दिएको हो ।
काठमाडौं, २ साउन। आज देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको अनुमानसँगै सतर्क रहन अनुरोध गरिएको छ।
नेपालको मौसममा देशभर केही दिनयता मनसुनी वायुको प्रभाव ...
काठमाडौं , २ साउन। सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ ।
गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली श्रमिकको उद्धार फिर्तीसम्बन्धी कार्यविधि २०७७ पारित गरेसँगै विदेशमा अलपत्र ...
काठमाडौं, २ साउन। भारतमा कोरोना संक्रमितको संख्यामा दिनानुदिन बृद्धि भईरहेको छ ।
शुक्रबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित भएपछि नयाँ रेकर्ड कायम भएको छ । कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३५ हजार ४६८ संक्रमित थपिदा त्यहाँ कुल संक्रमितको संख्या १० लाख ५ हजार ६३७ पुगेको छ ।
यो ...
काठमाडौं , २ साउन। अमेरिकाका चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर एकाउन्ट ह्याक प्रकरणमा संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले अनुसन्धान थालेको छ ।
बिटकोइन घोटाला गर्न ह्याकरले एउटा ठूलो सङ्गठित साइबर हमला गरी पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू ...
काठमाडौं , २ साउन। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति आज शुक्रबार (साउन २ गते) सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक बोर्ड बैठकले शुक्रबार बिहान मौद्रिक नीति पारित गर्नेछ । आजै दिउँसो सम्भवत: ३ बजे सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ । गभर्नर भएपछि महाप्रसाद अधिकारीले ल्याउन लागेको यो ...
धरान, २ साउन। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचार गराइरहेका १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अन्दाजी ७३ वर्षीय वृद्धको बिहीबार राति १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले शिलापत्रलाई जानकारी दिए ।
३१ असारमा अस्पताल भर्ना भएका उनमा कोरोना ...
सुनसरी, २ साउन। सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्जमा नेपाल प्रहरीले २ जना भारतीय तस्करलाई गोली प्रहार गरी पक्राउ गरेको छ ।
बिहीबार राती भएको भिडन्तमा २ जनालाई गोली प्रहार गरेर पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।
उनका अनुसार प्रहरीले चलाएको गोली लागेर घाइते हुनेमा भारतीय ...