काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६९७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत थप ६९७ जना संक्रमित निको भएर घर फर्किएको जनाएको छ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार ...
काठमाडौं। बलात्कार आरोप लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी पक्राउ परेका छन्। पोखरा हुलदंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत एसएसपी अधिकारीलाई पोखरा प्रहरीले पक्राउ गरेको हो। उनीमाथि चितवनकी एक महिलाले बलात्कारको उजुरी दिएकी थिइन्।
अधिकारीमाथि ती महिलालाई तालिम केन्द्रमा ...
काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ। आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक गर्दा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर दुर्घटना भएपछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको हो। सुरुङमा पठाएको सबै पानी बाहिर निकालिएको छ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ अम्बाथानस्थित ...
काठमाडौं। मुलुकका विभिन्न निकायको आव २०७५/७६ र त्यसअघिको बक्यौतासमेतको लेखा परीक्षणमा बेरुजुसहित टुङ्गो अर्थात् फछर्योट गर्नुपर्ने रकम छ खर्ब ६४ अर्ब ४४ करोड कायम भएको छ। महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पेश गरेको महालेखापरीक्षकको ५७ औँ वार्षिक प्रतिवेदन २०७७ अनुसार तदारुकता, राजस्व ...
ओखलढुंगा। ओखलढुंगाको लिखु गाउँपालिकामा तोडफोड गर्ने र गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि र कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा १३ जना पक्राउ परेका छन्। गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेललगायत जनप्रतिनिधि र कर्मचारीलाई कार्यालय समयमा कार्यालयमै आएर हातपात समेत गरेको आरोपमा पक्राउ पर्नेहरु सोही गाउँपालिका ...
न्यूयोर्क। संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ। हार्वर्ड र एमआईटी विश्वविद्यालयहरुले अमेरिकी सरकारको निर्णय विरुद्ध कानुनी उपचारका लागि अदालतमा मुद्दा दायर गरेका थिए।
अमेरिकी अध्यागमन तथा भन्सार विभागले जुलाई ...
काठमाडौं। निजी विद्यालयहरुले भोलिदेखि अनलाइन कक्षा बन्द गर्ने भएका छन्। प्याब्सन र एनप्याब्सनको बुधबार बसेको बैठकले सरकारले आफूहरुका माग पूरा नगरेको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्ने निर्णय गरेका हुन्। उनीहरुले शिक्षक र कर्मचारीलाई समेत बेतलबी बिदामा राख्ने निर्णय गरेका छन्।
सरकारले लकडाउन घोषणा गरेसँगै निजी ...
काठमाडौं, १ साउन । सुनकोशी नदीमा बाढी आउनसक्ने जोखिम रहेकोले नदी आसपासका बासिन्दालाई आज दिउँसोसम्म सुरक्षित रहन अनुरोध गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार बलेफि नदी जलविरे सिन्धुपाल्चोक बाढी मापन केन्द्रमा गएराति एक्कासी एक मिटर जलसतह बढेको छ।
यसअघि भोटेकोशीमा आएको ...
काठमाडाैं, १ साउन । बजेट भाषण, नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत पालिकाका जनप्रतिनिधिले दुई लाख रुपैयाँसम्म भत्ता लिने गरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ प्रतिवेदनअनुसार जुम्लाको सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत दुई लाख ...
काठमाडाैं, १ साउन । राज्यका निकायहरूको बढ्दो आर्थिक अनुशासनहीनता र बेथितिका कारण बेरुजु फर्छ्योटमा उल्लेख्य सुधार हुन सकेको छैन । कुल बेरुजुको हिस्सा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को झन्डै २१ प्रतिशत पुगेको छ । कानून उल्लंघन गरी मुलुकको ढुकुटीबाट भएको अनियमित खर्च नै बेरुजु हो ।
राष्ट्रपति विद्यादेवी ...