सार्वजनिक सवारी नचल्दा जनतालाई सास्ती

लमही, असार ३१।  यहाँका यातायात व्यवसायीहरुले माग पूरा नभएसम्मका लागि सार्वजनिक यातायातका साधन जिल्लामा सञ्चालन गर्न नसक्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मङ्गलबार तुलसीपुरमा भएको छलफलमा अहिलेकै अवस्थामा आफूहरुले यातायात सञ्चालन गर्न नसक्ने व्यवसायीहरुले बताएका हुन् ।

सरकारले सार्वजनिक ...

अख्तियारद्वारा २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ, असार ३१। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता र सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मङ्गलबार २४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । साथै, विभिन्न घटनामा सेवाग्राहीबाट घुस लिएको अभियोगमा तीन जनालाई पक्राउसमेत गरेको छ ।


बर्दियामा जिल्लाको बाँसगढी नगरपालिका ...

नौ लाख घुस लिएको आरोपमा सिँचाइ विकासका डिभिजन प्रमुख पक्राउ

काठमाडौँ, असार ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक जना डिभिजन प्रमुखलाई पक्राउ गरेको छ । पक्राउ पर्ने जलस्रोत तथा सिँचाइ विकास कार्यालय, खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठ हुन् ।


आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार निर्माणाधीन सिँचाइ परियोजनाको बिल भुक्तानीका लागि ...

पर्साकाे अयोध्यापुरीमा उत्खनन गर्ने तयारीमा जुट्याे पुरातत्व विभाग

काठमाडौं, ३१ असार। सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो बढाएको हो ।

अब त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागको तयारी छ । ‘माथिबाट हामीलाई ...

सहमतिबिना नै टुङ्गियाे ओली-प्रचण्डबीचकाे ३ घण्टे छलफल

काठमाडौं, ३१ असार। साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयासमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल भएको छ ।

करिब ३ घण्टासम्म ओलीसँग छलफल गरेर अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुई अध्यक्षबीचको ...

भोलिदेखि अन्य बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने

काठमाडौं, ३१ असार । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था  भोलि बिहीबारबाट हट्ने भएको छ । अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने भएका छन् ।

कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय ...

त्रिभुवन विश्वविद्यालयको परीक्षाबारे आज पनि छलफल,शुक्रबार निर्णय आउने

काठमाडौं, ३१ असार ।  लकडाउनमा रोकिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाबारे निर्णय शुक्रबार आउने भएको छ। त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोसीले परीक्षाको बारेमा अहिले छलफल भइरहेको बताउँदै आगामी शुक्रबार निर्णय आउने जानकारी दिए।

‘परीक्षासम्बन्धी गठित समितिसँग आज पनि ...

साझाले भोलिदेखि ८ वटा रुटमा २६ वटा बस सञ्चालन गर्ने

काठमाडौं, ३१ असार । साझा यातायातले बिहीबारबाट सेवा थाल्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले बताए।

संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उनले बताए । गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित ...

महाधिवेशनबाट काँग्रेस नेतृत्व परिवर्तन हुनुपर्छः नेता सिंह

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने बताएका छन्। चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन काँग्रेसले मात्र  सक्ने बताए।

पार्टीका पूर्व महामन्त्री सिंहले काँग्रेसको १४औँ महाधिवेशनले समृद्धिको अभियान पूरा ...

कोरोना अपडेटः आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं। नेपालमा बुधबार ११६ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको जानकारी गराए।

जिल्लागत ...