भारतीय तस्करको निसानामा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी

काठमाडौं, ८ साउन । कोरोना संक्रमणको सन्त्रासबीच सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्करको समूहबाट पटक पटक आक्रमणको प्रयास भएको छ ।

सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेयता खुला सीमा नाकाबाट हुँदै आएको ...

कोरोनाका कारण मृत्यु भएपछि राजविराजमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु

राजविराज, ८ साउन । कोरोना संक्रमण बढेको भन्दै सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराजमा आज (बिहीबार) बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिअनुसार जिल्लामा ४०४ जनाका कोरोना संक्रमण भइसकेको र तीमध्ये राजविराजमा एक जनाको मृत्यु ...

नायक राजेश हमालका भाइ राकेश हमालको उपचारका क्रममा निधन

काठमाडाैं, ८ साउन । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ। अभिनेता हमाललले भाइको मृत्यु एको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन्।

उनले भाइको निधनमा दुःख व्यक्त गरेका छन्। राकेश कलेजोका विरामी थिए। राकेशको बुधबार भारतको नयाँ दिल्लीमा रहेको ह्याम्स अस्पतालमा ...

अमरगढी नगरप्रमुखमाथि दुर्व्यवहार गर्ने प्रहरीकाे नियन्त्रणमा

डडेल्धुरा, ८ साउन । अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझामाथि सार्वजनिक स्थलमै दुर्व्यवहार गर्ने नेपाली काग्रेसका नगर सभापति दानबहादुर पाललाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको तुफानडाडा चोकदेखी अस्पतालसम्मको सडक फराकिलो गर्ने बिषयमा डडेल्धुरा अस्पताल विकास समितिले आयोजना गरेको बैठकमा सहभागी ...

चेल्सीसंगकाे सानदार जितसँगै लिभरपुलले ट्रफि उचाल्यो

एजेन्सी । इङ्गलिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा सानदार जितसँगै लिभरपुलले ट्रफी उचालेको छ । एन्फिल्डमा चेल्सीलाई ५–३ ले हराउदै लिभरपुलले प्रिमियर लिगको ट्रफि उचालेको पललाई अझै रोमाञ्चक बनाएको छ ।

अवे खेलमा न्युक्यासल युनाइटेडसँग खेल्न बाँकी रहे पनि लिभरपुलले प्रिमियर लिग ट्रफी चेल्सीसँगको ...

भारतमा कोरोनाकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या २८ हजार नाघ्याे

काठमाडौं, ८ साउन । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाका कारण २८ हजार ७३२ जनाको मृत्यु भइसकेको छ । 

तथ्यांक अनुसार भारतमा ११ लाख ९२ हजार ९१५ जनामा कोरोना संक्रमण देखिएको छ । लकडाउन अन्त्य भएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा ...

केही स्थानमा आज पनि ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ, ८ साउन।  आज पनि केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।   मनसुनी वायुको प्रभाव र मनसुनी न्यूनचापीय रेखा पश्चिमी नेपालबाट दक्षिणमा सरेको तथा पूर्वी भू-भागमा नेपाल नजिकै रहेकाले आज पनि केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार ...

अज्ञात समूहद्वारा कञ्चनपुरको वडा कार्यालयमा आगजनी

कञ्चनपुर, ८ साउन। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाका अनुसार प्रज्वलनशील पदार्थ छर्किएर बुधबार राति अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको हो ।

झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको वडासचिव महेश भट्टले बताए । ‘झ्यालको सिसा फुटाएर पेट्रोल ...

कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु , मृत्यु हुनेको कल संख्या ४३

वीरगञ्ज, ८  साउन। पर्साको वीरगञ्जमा ६ साउनमा मृत्यु भएका ७० वर्षीय वृद्धमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका वीरगञ्ज महानगरपालिका-६ का ती वृद्धको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ...

सुदूरपश्चिममा काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या २ हजार २ सय ३३ पुग्याे

धनगढी, ८ साउन ।   सुदूरपश्चिम प्रदेशमा २ हजार २ सय ३३ जना काेराेना संक्रमणबाट मुक्त भएका छन् । बुधबार मात्र जिल्ला अछामबाट ३१ जना निको भएर घर गएपछि निको हुनेको सख्या २ हजार २ सय ३३ पुगेको हो । 

यसअघि भने ८ जना संक्रमितको  मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । त्यसैगरी ...