मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । बैदेशिक र न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रूची बढ्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शत्रु पराजित पनि हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अनावश्यक ठाउँमा धन खर्च होला । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मनमा चञ्चलता समेत बढ्नेछ, तर आफन्तले सहयोग गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । वैदेशिक कार्यहरूमा सफलता मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज घरमा अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । घर,जग्गाको कारोबारमा सफलता पनि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । शेयर बजारमासमेत सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमापरि काम विग्रिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा खर्च बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज कार्यक्षेत्रमा प्रगती हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

नयाँ काम वा रोजगार पाईनेछ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । वोलीको भरमा कार्य सम्पादन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लाभदायक यात्राको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । पारिवारिक सुख समेत मिल्नेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

यो साता रमाईलो यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शेयर बाजारबाट राम्रो सफलता मिल्ला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्वआफ्नो इष्टदेवताको दर्शन गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

यो साता भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । सामान हराउने वा चोरी हुने सम्भावना पनि रहेको छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । साताको मध्यबाट रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । यो साताका लागि शुभअङ्क २,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

यो साता कीर्तिमानी काम गर्ने समय छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमापनि सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

यो साताबाट नयाँ कमको थालनी हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग घ्यूरङ्ग वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । बुधवारबाट घरमा अतिथीको आगमन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यो साता सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । रमाइलो यात्राको योग रहेको छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको अन्त्यमा अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले राम्रो हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

यो हप्ता रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

यो सातामा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । सवारी साधन खरिद गर्ने योजना बन्नेछ । प्रेममा मधुरता समेत छाउनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग पर्पल वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

यो साता कार्यसिद्धि हुने अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ । गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध प्रागड समेत हुने समय छ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

यो सातामा नयाँ पद र जिम्मेवारी पाइएला । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ़नतले सहयोग गर्नेछन् । मध्य सातामा आफ्नो कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशिलाई कर्म र भाग्य भावमा बृहस्पतिको अनुकूल प्रभावले यो वर्ष विभिन्न अवसर प्राप्त हुनेछन्। कर्मयोगबाट उत्साहजनक उपलब्धि हासिल गर्दै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। पेसा–व्यवसायमा स्थापित भइनेछ र लक्ष्यअनुसारको काम गर्दै आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ र प्रतिभाको उच्च मूल्यांकन हुनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

वृष राशिलाई यो वर्षको प्रारम्भिक र अन्तिम समय उत्साहजनक र उपलब्धिमूलक हुनेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। अध्ययनले नयाँ गति लिनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशिलाई यो वर्ष अवसर र चुनौतीका शृंखला दोहोरिने हुँदा व्यावहारिक समस्यासँग जुध्नुपर्नेछ। असारसम्म कष्टभावमा शनि र बृहस्पतिको उपस्थितिले अध्ययन र धर्माचरणमा बाधा, स्वास्थ्यमा समस्या, साझेदारीमा झमेला, व्यापारमा हानि र नोकरीमा दुर्गम स्थानान्तरण जस्ता व्यवधान आउन सक्छन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिलाई यो वर्ष उत्साहजनक प्रारम्भिक परिवेशबाट बीचमा केही अवरोहण भए पनि उत्तरार्धमा सफलताको उचाइ प्राप्त गर्न सकिनेछ। गृहस्थी भावमा बृहस्पतिको उपस्थितिले वर्षारम्भदेखि नै विभिन्न अवसर प्राप्त हुनेछन्। पढाइलेखाइ सामान्य रहे पनि नतिजाले उत्साह जगाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिलाई परिस्थितिस“ग केही सम्झौता गर्नुपरे पनि यो वर्ष विशेष फलदायी रहनेछ। प्रारम्भमा शनि र राहु अनुकूल हुनाले विभिन्न अवसरले पछ्याउनेछन्। उद्योग, व्यापार र नोकरीमा विशेष फाइदा हुनेछ। कृषि र पशुपालनमा पनि राम्रो फाइदा हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिलाई यो वर्ष उत्साहजनक रहनेछ। बीचमा केही संघर्षमय परिस्थिति आए पनि उत्तरार्धमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। वर्षारम्भदेखि असारसम्म र मंसिरपछिका महिनामा बृहस्पति विद्याभावमा रहने हुँदा विद्यार्थीहरूका लागि उत्साहजनक अवसर प्राप्त हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिलाई यो वर्ष केही उतारचढावमय रहनेछ। श्रावणदेखि मध्यम परिवेशबाट उचाइतर्फ अग्रसर भइनेछ भने मंसिरदेखि पुनः सुरुको अवस्थामा अवतरित भइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशिलाई यो वर्ष आसलाग्दो मध्यम परिवेशबाट उत्साहजनक प्रगतिका साथ उत्तरार्धमा विशेष उपलब्धि प्राप्त गर्न सफलता मिल्नेछ। बृहस्पतिको अनुकूलताले विद्यार्थीहरूलाई विशेष फाइदा हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धनु राशिलाई वर्षको पूर्वार्धमा व्यावहारिक समस्या देखिए पनि उत्तरार्धमा सुल्झनेछन्। बृहस्पतिको अनुकूलताले शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै लेखन कलामा निखारता आउनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मकर राशिलाई यो वर्ष अवसर र चुनौती बराबर आउनेछन्। शीर्षभावमा बृहस्पतिको उपस्थितिले अरूको दबाब सहन गर्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। आत्मसम्मानका लागि संघर्षमा उत्रनुपर्ने स्थिति आउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कुम्भ राशिलाई खर्चभावका बृहस्पति र शनिको योगले चुनौतीको भेलमा संघर्षपूर्ण यात्रा गराउने देखिन्छ। विशेष गरी कर्जा लिएर काम गर्नेहरूलाई लगानी नउठ्ने चिन्ताले सताउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशिलाई यो वर्ष उत्साहजनक पृष्ठभूमिबाट सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। आयभावमा रहने बृहस्पति र शनिको अनुकूलताले लक्ष्यअनुसारको काम सम्पादन भई मनग्गे आम्दानी हुनेछ। सुरुको मिहिनेतले वर्षभरि फाइदा दिनेछ।