आहा टिवी

कैलाश मानसरोवर यात्रा

पर्यटकीय हिसाबले आकर्षक गन्तव्य भए पनि मानसरोवरको खास चिनारी धार्मिक तीर्थस्थलको हो । हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र स्थल मानिन्छ । कैलाश दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास छ । तिब्बती भूभागमा पर्ने मानसरोवर चीनबाट सहजै पुग्न सकिन्छ । नेपाल भएर जान भने पछिल्लो समय हुम्लाको सिमीकोट एकमात्र प्रवेशद्वार रहेको छ । ०७२ को भूकम्पअघि नेपालका अन्य नाकाबाट पनि मानसरोवर जाने गरिन्थ्यो ।