मंगलवार, कार्तिक ५, २०७६
    सावधान

    नेपाली काँग्रेसका नेता सिटौलाको निवास पछाडि बम विस्फोट

    गएराति करिब १२ः४५ को समयमा भएको सो विस्फोटबाट कुनै पनि क्षति नभएको

    मंगलवार, १२ मंसिर २०७४, आहाखबर

    भद्रपुर, १२ मंसिर ।

    झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    गएराति करिब १२ः४५ को समयमा भएको सो विस्फोटबाट कुनै पनि क्षति नभएको र शंकास्पद एकजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

    -रासस 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast