बुधबार, कार्तिक २७, २०७६
    कला-सौन्दर्य

    कलाको उत्थान !

    चित्रकलालाई उजागर गर्दै आर्ट काउन्सिल, चारैतिर आकर्षक कक्ष

    कला प्रदर्शनका लागि आउने स्वदेशी तथा विदेशी आयोजकलाई समान शुल्क, आर्थिकरुपमा कमजोर भएका आयोजकलाई १५ प्रतिशत छुट

    सोमबार, ११ मंसिर २०७४, आहाखबर
    फाइल फोटो

    काठमाडौँ, ११ मंसिर  :

    नेपाल आर्ट काउन्सिलको कक्ष कलाकारले आफूहरुले सिर्जना गरेको चित्र, मूर्ति तथा काष्ठकला जनसमक्ष ल्याउने प्रमुख थलोका रुपमा विकास हुँदै गइरहेको छ । कलाको उत्थान गर्ने उद्देश्यले विसं २०१९ मा नेपाल आर्ट काउन्सिलको स्थापना भएको हो । राष्ट्रप्रमुखको हैसियतले स्थापनाको दिनमा कला परिषद्को संरक्षकको जिम्मेवारी तत्कालीन राजा महेन्द्रले लिएका थिए । 

    कूल २८ हजार ४२३ वर्ग फिटमा फैलिएको कला परिषद्मा चारैतिर आकर्षक कक्ष छन् भने वर्षभरि नै कुनै न कुनै कला, चित्र तथा काष्ठकला तथा चित्र कोरिरहेका कलाकारले भरिएका हुन्छन् । अहिले पनि बंगलादेशको चित्रबाट एउटा कोठा सजिएको छ । 

    प्रारम्भका दिन वरिष्ठ कलाकार लैनसिंह बांगदेलले नेतृत्व गर्दै आएको सो परिषद्मा हाल शताब्दी पुरुष सत्यमोहन जोशीले नेतृत्व दिइ रहेका छन् । 

    कलाकारले आफ्नो सिर्जना प्रस्तुत गर्ने प्लेटफर्मका रुपमा रहेको कला परिषद्मा आफ्नो कला प्रदर्शनी गर्न आयोजकले एक फल्याटको दैनिक रु पाँच हजार शुल्क तिर्नुपर्छ । नेपाल कला परिषद्का वरिष्ठ अधिकारी गोकुल थापाले कला परिषद्मा वर्षभरि नै स्वदेशी तथा विदेशी कला प्रदर्शनी हुने गरिएको जानकारी दिए । 

    वरिष्ठ कलाकार लैनसिंह बांगदेल, तत्कालीन शिक्षामन्त्री कीर्तिनिधि विष्ट, मृगेन्द्र शमशेर राणा, नाटककार बालकृष्ण सम, पूर्वराजदूत यदुनाथ खनालको सामूहिक प्रयासबाट शुरु भएको नेपाल कला परिषद्मा हाल पाँच जना कर्मचारी कार्यरत छन् । निजी क्षेत्रबाट सञ्चालन हुँदै आएका कारण सरकारी बजेटको व्यवस्था नरहेको र कला प्रदर्शनीबाट उठेको रकमबाट उक्त परिषद् सञ्चालन भइआएको छ । 

    त्यहाँ कला प्रदर्शनका लागि आउने स्वदेशी तथा विदेशी आयोजकलाई समान शुल्क लिने गरिएको छ । तर एकल चित्रकला प्रदर्शनी गर्ने तथा आर्थिकरुपमा कमजोर भएका आयोजकलाई १५ प्रतिशत छुट दिने व्यवस्था रहेको थापाले बताए । 

    वरिष्ठ कलाकार लैनसिंह बांगदेल, तत्कालीन शिक्षामन्त्री कीर्तिनिधि विष्ट, मृगेन्द्र शमशेर राणा, नाटककार बालकृष्ण सम, पूर्वराजदूत यदुनाथ खनालको सामूहिक प्रयासबाट शुरु भएको नेपाल कला परिषद्मा हाल पाँच जना कर्मचारी कार्यरत छन् । निजी क्षेत्रबाट सञ्चालन हुँदै आएका कारण सरकारी बजेटको व्यवस्था नरहेको र कला प्रदर्शनीबाट उठेको रकमबाट उक्त परिषद् सञ्चालन भइआएको छ । 

    नेपालमा चित्रकला प्रदर्शनीको विकास नभइसकेको स्थापनाको दिनमा जर्मन, फ्रान्स आदि मुलुकका चित्र ल्याएर प्रदर्शनी गरेर नेपालमा चित्रकला प्रदर्शनीको विकास गरिएको थापाले बताए । 

    वरिष्ठ चित्रकार हरि खड्काले ४० वर्ष लामो चित्रकलाको यात्रामा आफूले धार्मिक, नेपाली जनजीवन तथा हिमाल, पहाडजस्ता चित्र कोरेको बताउनुभयो । ती चित्रबाट रु एक लाखसम्ममा कृति बिक्री हुने गरेको जानकारी दिए । 

    उहाँले वरिष्ठ चित्रकार प्रेममान चित्रकारले धार्मिक तथा परम्परागत चित्र कोर्ने गर्नुभएको र उहाँको योगदान अतुलनीय रहेको उल्लेख गरे । 

    समाजमा जागरण ल्याउने क्षेत्र कला नै भएकाले राज्य तथा समाजका विभिन्न वर्गको सामूहिक प्रयास भए मात्र कलासँगै देशको पनि विकास हुने उनको धारणा छ । रासस

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast