मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    चर्चित भारतीय कमेडियन कपिललाई हलिउड फिल्मको अफर

    शर्माको फिल्म ’फिरंगी’ १ डिसेम्बरमा रिलिज हुँदै

    आईतवार, १० मंसिर २०७४, आहाखबर

    एजेन्सी मंसिर १० । 
    भारतका चर्चित कमेडियन कपिल शर्मालाई हलिउड फिल्मको अफर आएको छ । कपिललाई बिग मामा वर्क्सको तर्फबाट हलिउड प्रोजेक्टबाट अफर आएको हो ।
    योे एक सीरीज हुनेछ, जसको टाइटल ’कमेडी करी’ राखिएको छ । कपिललाई ब्याड मामाज नामको एक कम्पनीले यो अफर गरेको हो ।
    फिल्ममा एक हलिउड र एक इन्डियन स्टार हुनेछन् । कपिलले पनि यो कुरा पुष्टि गरेका छन्। ‘हो मलाई प्रस्ताव आएको हो, तर अझै टुँगो लागेको भने छैन,’ उनले भने, ‘फाइनल भएपछि म जानकारी गराउँछु।’
    फिल्मको पटकथा आफूले पाइसकेको र उक्त कम्पनी ठूलो भएकाले आफू त्यहाँ गएर भेट्ने पनि कपिलले बताएका छन्। ‘अहिले त टेलिफोनमा मात्र कुरा भइरहेको छ,’ उनले भने, ‘म त्यहाँ गएर उनीहरूलाई भेट्छु, अनि बाँकी कुरा फाइनल हुन्छ।’ 
    अर्काे तिर उनको फिल्म ’फिरंगी’को प्रोमोलाई पनि दर्शकले निकै रुचाएका छन् । कपिल शर्माको फिल्म ’फिरंगी’ १ डिसेम्बरमा रिलिज हुँदैछ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast