बुधबार, कार्तिक २७, २०७६
    कला-सौन्दर्य

    अष्ट्रेलियामा साम्राज्ञीको पहिरनको चर्चा, फिल्म हाउसफूल

    आईतवार, १० मंसिर २०७४, आहाखबर

    काठमाडौं मंसिर १० । 
    केहि समय अघि नेपालमा सर्वा्धिक रुचाईएको फिल्म ‘’ए मेरो हजुर २’’ ले अष्ट्रेलियामा दर्शकको बाक्लो साथ प्राप्त गरेको छ । फिल्मले त्यहाँ हाउसफुल दर्शकको साथ उत्कृष्ट प्रतिक्रिया पनि पाएको बताइएको छ । 
    फिल्मले गरेको रेड कार्पेटमा अभिनेत्री साम्रागी राज्यलक्ष्मी शाह रेड अनि हट पहिरनमा प्रस्तुत भएकी थिईन् । उनको त्यस पहिरनलाई लिएर स्वदेश तथा विदेशमा चर्चा चुलिएको छ । 

    अभिनेत्री झरना थापा निर्दे्शित फिल्मले शनिबार रेड कार्पेट आयोजना गरेको थियो  । निर्देशक थापाले हालै आफ्नो फेसबुक अकाउन्ट मार्फत अष्ट्रेलियाको सिड्नीबासि, मिडिया अनि फोटोग्राफरलाई धन्यवाद दिएकी छिन् ।
    सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित फिल्ममा राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतको कलाकारको अभिनय छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast