मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    सांस्कृतिक साँझ

    यूएईको आबुधाबीमा आज बृहत साँस्कृतिक साँझ हुदै

    नेपाल आइडलका सागर र सुजाताले आफ्नो प्रस्तुति प्रस्तुत गर्दै

    शुक्रबार, ८ मंसिर २०७४, आहाखबर

    काठमाडौं, मंसिर ७।
    युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सागर आले र सुजाता पाण्डेले आफ्नो प्रस्तुति दिने  भएका छन् । 

    नेपाल मगर संघ युएई शाखाले आबुधाबीमा आयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिन लागेका हुन् । 

    शुक्रबार साँझ हुने कार्यक्रममा सहभागी हुन कलाकार सुजाता पाण्डे गत बुधबार नै युएई पुगेकी छिन् भने सागर आले विहीबार युएई पुगेका हुन् । कार्यक्रम आबुधाबीको फल्कोनर थिएटरमा हुने आयोजकले जनाएको छ । 

    नेपाल आइडलमा सागर टप ४ बाट बाहिरीएका थिए भने सुजाता पाण्डे टप ५ बाटै बाहिरीएकी थिइन । उनीहरुले नेपाल आइडलमा आफ्नो कला र गला प्रस्तुत गरेर सबैको मन जित्न सफल भएका थिए । 

    युएईमा नेपाल आइडल बुद्ध लामा, दोस्रो भएका निशान भट्टराई र तेस्रो भएका प्रताप दासले यसअघि पनि कार्यक्रम गरिसकेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast