बिहिवार, कार्तिक २८, २०७६
    कला-सौन्दर्य

    नायिका केकीको घोषणा : 'कोहलपुर एक्सप्रेस' बैशाखमा गुड्छ !

    निर्मात्रीको रुपमा केकी अधिकारी, बाँकेको कोहलपुरमा चलचित्रको छायांकन हुँदै

    सोमबार, ४ मंसिर २०७४, आहाखबर

    काठमाडौं मंसिर ४ । 

    नेपाली सिने जगतकी चर्चित नायिका केकी अधिकारीले आफू निर्मित तथा अभिनित चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति घोषणा गरेकी छिन् । 
    उनले, यो चलचित्र आउँदो बर्षको वैशाख १४ गते चलचित्र रिलिज हुने उल्लेख गरेकी छिन् । चलचित्र छायांकनको २२ औं दिनमा केकीले चलचित्रको प्रदर्शन मिति घोषणा गरेकी हुन् । 

    चलचित्रको छायांकन हाल बाँकेको कोहलपुरमा भैरहेको छ । विशाल भण्डारीलाई लिएर केकीले निर्माण गरिरहेको यो चलचित्रमा केकीको लगायत प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने लगायतका कलाकारको मुख्य भूमिका छ ।
    चलचित्रलाई कमेडी कथामा निर्माण गरिएको केकीले बताएकी छिन् । नेपाली चलचित्रमा धेरै नायिकाहरु निर्मात्री बन्ने बाटोमा लागेपनि सफल हुन सकेकी छैनन् । अब, केकी अधिकारी पनि निर्मात्रीको रुपमा कति सफल हुने हुन हेर्न बाँकी छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast