मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    चित्रमा सुतूरमुर्गको अण्डा

    विभिन्न स्थानमा गरिएका कार्यशालामा सहभागी कलाकारले बनाएका करिब एक सय सिर्जना समावेश

    आईतवार, ३ मंसिर २०७४, आहाखबर

    काठमाडौँ, ३ मंसिर ।

    ‘स्पेक्ट्रम’ कला संस्था ले ‘कलाको यात्रा’ शीर्षकमा प्रदर्शनी शुरु गरेको छ । प्रदर्शनीमा १४ कलाकारका यथार्थ र अर्धमूर्त चित्र छन् । मुलुकमा पहिलो पटक सुतूरमुर्ग(अस्ट्रिच)को अण्डालाई विषयवस्तु बनाएर चित्र सिर्जना गरिएको छ । सुतूरमुर्गको उत्पादनका लागि चाहिने विशेष प्रकारको तापक्रम र हावापानीबारे पनि प्रदर्शनीमा जानकारी गराइएको छ । चित्रमा बुद्धको शान्त स्वरुप, मायादेवी मन्दिर, मानिसका विभिन्न अवस्था, जात्रा, तस्वीर, सारंगीलगायत विषयवस्तु छन् । 

    यही मंसिर ६ गतेसम्म चल्ने प्रदर्शनीमा कास्की, रुपन्देही र सिन्धुपाल्चोकका विभिन्न स्थानमा गरिएका कार्यशालामा सहभागी कलाकारले बनाएका करिब एक सय सिर्जना समावेश गरिएको छ । 
    -रासस 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast