बुधबार, कार्तिक २७, २०७६
    कला-सौन्दर्य

    शशीविक्रम शाहलाई ‘स्पेक्ट्रम कला सम्मान’

    मुलुकमा प्राचीन कला, संस्कृतिको संरक्षण गरी पर्यटनको विकास गर्नुपर्नेमा जोड

    आईतवार, ३ मंसिर २०७४, आहाखबर

    काठमाडौँ, ३ मंसिर ।
    वरिष्ठ कलाकार शशीविक्रम शाहलाई ‘स्पेक्ट्रम कला सम्मान’ दिइएको छ । 

    लामो समयसम्म कला क्षेत्रमा क्रियाशील रही नेपाली मौलिक कलालाई अन्तर्राष्ट्रिय तहमा पु¥याउन योगदान गरेबापत शनिबार उनलाई ‘स्पेक्ट्रम’ कला संस्थाले सम्मान गरेको हो । 

    सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सामाजिक रुपान्तरण र सद्भाव कायम गर्नका लागि कला सशक्त माध्यम बन्न सक्ने बताउँदै कलाका माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय तहमा परिचित गराउन सकिने विश्वास व्यक्त गरे । 

    नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्य सचिव केके कर्माचार्यले मुलुकमा प्राचीन कला, संस्कृतिको संरक्षण गरी पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए । आयोजक संस्थाका अध्यक्ष इन्द्र श्रेष्ठले ललितकलाको विकासका लागि संस्था क्रियाशील रहेको जानकारी दिए । 
    -रासस 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast