बुधबार, कार्तिक २७, २०७६
    कला-सौन्दर्य

    २० वर्षीय हरियाणवी सुन्दरी !

    ‘मिस इण्डिया’ मानुषी छिल्लर बनिन् यसवर्षको ‘विश्व सुन्दरी’ (फोटो फिचर)

    फस्ट रनर अपमा मेक्सिको सुन्दरी एन्ड्रिया माजा तथा सेकेण्ड रनर अपमा बेलायतकी ब्यूटी क्वीन स्टेफनी हिल विजेता

    आईतवार, ३ मंसिर २०७४, आहाखबर

    काठमाडौं, मंसिर  ३ । 

    यस वर्षको ‘मिस वोर्ल्ड’ को उपाधी भारतकी मानुषी छिल्लरले जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वोर्ल्डको फाइनलमा मिस इण्डिया समेत रहेकी २० वर्षीय हरियाणवी सुन्दरी मानुषीलाई अघिल्लो संस्करणकी विजेता स्टेफेन डेल भेलीले मिस वल्र्डको ताज पहिर्याएकी थिईन् । 

    यससँगै मिस वल्र्डको उपाधी जित्ने मानुषी छैठौं मिस इण्डिया बनेकी छिन् । यसअघि सन् २००० मा अहिलेकी प्रसिद्ध बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतका तर्फबाट मिस वल्र्डको उपाधी जितेकी थिइन् । 


    त्यस्तै, यसवर्षको सबैभन्दा ठूलो यस सुन्दरी प्रतियोगिताको फस्ट रनर अप मिस मेक्सिको समेत रहेको एन्ड्रिया माजा घोषित भइन् । त्यस्तै, सेकेण्ड रनर अपमा मिस इंगल्याण्ड स्टेफनी हिल विजेता भइन् । 


    प्रतियोगितामा भारत, मेक्सिको, इंगल्याण्डबाहेक फ्रान्स र केन्या मिस वल्र्डको उत्कृष्ट ५ मा पुग्न सफल भएका थिए । 


    यसवर्षको ब्युटी विथ प्रपोजको उपाधी भने भियतनाम, भारत, इन्डानेसिया, दक्षिण अफ्रिका र फिलिपिन्सले संयुक्त रुपमा जितेका छन् । प्रतियोगितामा कुल ३० देशका सुन्दरीहरुको सहभागिता थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast