बुधबार, कार्तिक २७, २०७६
    कला-सौन्दर्य

    गायक मानसराजको "भाइरल भैदियो"मा ८ वर्षिया बालिकाको सुन्दर नृत्य (भिडियो )

    मंगलवार, २८ कार्तिक २०७४, आहाखबर

    काठमाडौं,२८ कात्तिक।
    गायक, गीतकार तथा संगीतकार मानसराजको नयाँ गीत ‘भाईरल भैदियो’को म्यूजिक भिडियो हालसालै यूट्युव मार्फत सार्वजनिक गरिएको छ । गत बिहिबार मात्रै सार्वजनिक भएको ‘भाइरल भैदियो’ बोलको गीत युटुव ट्रेन्डिङ नम्वर दुईमा आउन सफल भएको छ ।

    गीत लेखनमा चर्चा कमाइसकेका मानसराज ६ वर्षपछि पुनः गायन क्षेत्रमा प्रवेश गरेका छन् । नेपाली चलचित्र रेसम फिलिलीमा ‘पारि त्यो डाँडामा घाम लाग्यो घमाइलो, मलाई लाग्यो रमाइलो, तिमी र म घुम्न जाऔं न’, भन्ने गीतबाट एक्कासि चर्चामा आएका मानसराजले ‘भाइरल भैदियो’ गीतबाट गायन क्षेत्रमा पुनरामगन गरेका हुन्।

    गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा प्रस्तुत गरेका छन् । मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ति युवक देखिन्छन् । गीतमा धादिङकी आठ वर्षिया दीक्षा ठकुरीको सुन्दर नृत्य समेत समावेश गरिएको छ । 

    आफ्नै शब्द तथा संगीतमा मानसराजले गाएको उक्त गीतको भिडियोलाई सबिन कार्की ‘बिस्ट’ले तयार पारेका छन् । सबिनको लोभलाग्दो नृत्यसँगै उनी आाफैले निर्देशन तथा सम्पादन समेत गरेका छन् । गीतका एरेन्जर उदय राज पौडेल हुन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast