मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    चकलेटी नायक आर्यन र साम्राज्ञीले 'कायरा'मा स्क्रिन सेयर गर्दै

    आईतवार, २६ कार्तिक २०७४, आहाखबर

    काठमाडौं कार्तिक २६।
    नेपाली सिने जगतका चर्चित नायक आर्यन सिग्देलले आफ्नो होम प्रोडक्सनमा कायरा फिल्म बनाउँदै छन् । उक्त चलचित्रमा नायका आर्यनले पछिल्लो समयको चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहसँग स्क्रिन सेयर गर्दै छन् । 
    उनले ’आर्यन सिग्देल इन्टरटेन्मेन्ट’बाट निर्माण हुने फिल्ममा मात्र काम गर्ने बताएका आर्यनले नयाँ प्रोजेक्टमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँध्न लागेका हुन् । 

    वर्किङ टाइटल ‘कायरा’ राखिएको फिल्ममा आर्यन र साम्राज्ञीले एकसाथ स्क्रिन शेयर गर्न लागेका हुन् । यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन् । लक्ष्मणले यसअघि आर्यनसँग फिल्म ‘धुँवा यो नशा’मा काम गरेका थिए । साम्राज्ञीले ‘कायरा’को कथावस्तु निकै मनपराएकी छिन् । 

    स्रोेतका अनुसार, उनले फिल्मका लागि सम्झौता समेत गरिसकेकी छिन् । केही वर्ष अगाडिसम्म आर्यनले एक फिल्मबाट बुझ्दै आएको महंगो पारिश्रमिक साम्राज्ञीले ‘कायरा’का लागि लिएको बुझिएको छ । तर, निर्माण पक्षले यस विषयमा कुनैपनि जानकारी दिएको छैन । आफ्नो ओरालो लाग्दै गएको स्टारडम जोगाउनकै लागि आर्यनले साम्राज्ञी रोजेको चर्चा छ ।

    साम्राज्ञीले आर्यनको यो प्रोजेक्टपछि अर्का चकलेटी नायक प्रदीप खड्कासँग फिल्म ’भैरवी’मा काम गर्दै्छिन् । ’ड्रिम्स’मा अनमोल केसी, ’ए मेरो हजुर ’२ मा सलिनमान बानियाँसँग काम गरिसकेकी साम्राज्ञी र आर्यनको जोडी दर्शकले कत्तिको मन पराउँछन त्यो भने हेर्न बाँकी छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast