मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    डेब्यू फिल्मबाटै दीपिकालाई सफलता, अभिनयको सर्वत्र चर्चा

    बिहिवार, २३ कार्तिक २०७४, आहाखबर

    काठमाडौं कार्तिक २३।
    नेपाली चलचित्रकी नव नायिका दीपिका प्रसाई यति वेला चर्चित छिन् । हालसालै प्रदर्शनमा आएको चलचित्र ऐश्वर्यबाट उनले डेब्यू गरेकी हुन् । 

    उनको ऐश्वर्य चलचित्रमा गरेको अभिनय कै कारण चर्चित बनेकी हुन् । उनको कलाको चौतर्फी प्रशंशा हुने गरेको पाइन्छ । ऐश्वर्यमा दमदार अभिनय देखाएकै कारण उनलाई विभिन्न ठूला ब्यानरहरुबाट पनि कामको अफर आइरहेका कुरा सार्वजनिक भएको छ । 

     ऐश्वर्यमा उनले नायक रमेश उप्रतीसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । सुन्दरी नव नायिका दीपिका चर्चित मोडल पनि हुन् । २०५३ साल कार्तिक २२ गते कैलालीको धनगढीमा जन्मिएकी नव नायिका दीपिकाले हिजो मात्रै २१ औ जन्म दिन मनाएकी छिन् ।

    उनले यो सानो उमेरमै यस्तो सफलता हासिल गरेकी हुन् । धेरै मोडलिङ र फेसन सो हरुमा भाग लिएकी दीपिका स्नातकोत्तर अध्ययन गर्दै छिन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast