मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    बलिउडमा नेपाली नव नायिका अदिति बुढाथोकीको चर्चा

    बुधबार, २२ कार्तिक २०७४, आहाखबर

    काठमाडौं कार्तिक २२ ।  
    नेपाली सिने जगतको नव नायिका अदिति बुढाथोकीको बलिउड उद्योगमा चर्चा चलेको छ । 
    नेपाली चलचित्र कृ मार्फत नेपाली रजतपटमा आउन लागेकी नव नायिका अदितिको भारतीय सञ्चार माध्यमले समाचार प्रकाशन गरेको हो ।  

    बेलाबखतमा नेपाली कलाकारहरुको विषयमा भारतीय मिडियाले पनि चासोका साथ समाचार छाप्ने गरेका छन् । अर्चना पनेरु, ज्योती मगर, अनमोल केसी, राजेश हमाल लगायतका नेपाली कलाकारको विषयमा भारतीय मिडियाले समाचार प्रकाशन गरिसकेका छन् । 

    यस्तैमा नेपालकी कृ की नायिका अदिति बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी भन्दा पनि हट भन्दै भारतको ठूलो अनलाइन मिडिया एविपी न्यूजले समाचार प्रकाशन गरेको हो । नेपालसँगै यो खबरले भारतमा यतिबेला धुम मच्चाइरहेको छ ।
     
    अनमोल केसी अभिनीत फिल्म ’कृ’मार्फत नेपाली रजतपटमा भित्रिन लागेकी आदिती बुढाथोकीको विषयमा एविपी न्यूजले शीर्षकमा लेखेको छ, ‘सनी लियोनी जस्तो बोल्ड एक्ट्रेसलाई पनि मात दिने यी हुन् नेपालीकी हिरोइन ।’ यो खबर भारतका अन्य धेरै अनलाइन न्यूज पोर्टलहरुले पनि साभार गरेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast