मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    बिपिन बने महङगा कलाकार, एउटै फिल्मबाट लिए १७ लाख बढी पारिश्रमिक

    बुधबार, २२ कार्तिक २०७४, आहाखबर

    काठमाडौं कार्तिक २२ । 
    पछिल्लो समय नेपाली सिने जगतमा राम्रो काम गर्ने अनि टिक्ने कलाकारहरुले पारिश्रमिक पनि राम्रै लिन थालेका छन् । 

    यस हिसाबले पनि कलाकारहरुले फिल्म खेलैरै जीवन धान्न सक्ने आधार नेपाली सिने जगतमा बन्न थोलेको पाइन्छ । केहि समय अघि युवा स्टार अनमोल केसीले २० लाख पारिश्रमिक लिएको खबरले नेपाली सिने नगरी तताएको थियो । 

    अहिले पुनः पशुपतिप्रसाद फिल्मका ‘भस्मे डन’ उर्फ अभिनेता बिपिन कार्कीले एक फिल्मको लागि १७ लाख २५ हजार पारिश्रमिक लिएको बताइएको छ । 

    ‘फनफनी’ शिर्षक राखिएको फिल्ममा उनि लिड रोलमा हुनेछन् । बिपिनले व्याक्तिगत रुपमा नेपाली फिल्ममा लिएको यो अहिलेसम्मकै महंगो पारिश्रमिक हो ।

    हरेकजसो फिल्ममा उत्कृष्ट माथि उत्कृष्ट अभिनय पस्किँदै आएका बिपिन अभिनयमा अब्बल छन् । उक्त फिल्मलाई निश्चल बस्नेतले निर्देशन गर्दैछन् । निश्चलले २५ लाख पारिश्रमिक लिएर यो फिल्ममा अनुबन्ध भएको श्रोतको भनाई छ । 

    निश्चल र बिपिनले यो फिल्म निर्माणदेखि रिलिजसम्म अन्य काम गर्न नपाउने सर्त समेत सम्झौता पत्रमा राखिएको बुझिएको छ ।

    कमेडियन सिरियल ‘भद्रगोल’ टिमले बनाउन लागेको फिल्मलाई कुमार कट्टेल ‘जिग्री र अर्जुन घिमिरे पाँडे’ले निर्माण गर्न लागेका हुन् । फिल्मको लागी लिड अभिनेत्री भने अहिलेसम्म तय भएको छैन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast