सोमबार, असोज ६, २०७६
    स्वाद/परिकार

    तपाई मकैको तरकारी खानुहुन्छ ? यसरी बनाउनुस मकैको तरकारी !

    सोमबार, २० कार्तिक २०७४, आहाखबर


    काठमाडौं कार्तिक २० । 
    आलु, बन्दा, काउली, साग, मुला लगायत अन्य गेडागुडिको तरकारी त तपाइ हामीले बनाएर खाने गर्दछौ । तर हामी तपाई कमै मात्राले मकैको तरकारी खाएका हुन्छौ । मकैको तरकारी भन्दा तपाईलाई अचम्म पनि लाग्न सक्छ । 
    तर मकैको तरकारी अत्यन्तै स्वादिष्ट हुन्छ । सधै भरी एउटै खाले तरकारी खाँदा खादाँ वाक्क हुनु भयो भने मकैको तरकारी यसरी बनाउनु होस् । हामी तपाईलाई मकैको तरकारी बनाउने तरिका सिकाउँदै छौं । 

    सामग्री
    तेल एक ठूलो चम्चा
    घिउ एक ठूलो चम्चा
    प्याज १५० ग्राम
    लसूनको पेस्ट एक सानो चम्चा
    अदुवाको पेस्ट एक सानो चम्चा
    गोलभेंडा ३०० ग्राम
    बेसार तीन चिम्टी
    रातो खुर्सानीको पेस्ट एक ठूलो चम्चा
    धनियाँको धूलो १ सानो चम्चा 
    जीराको धूलो आधी सानो चम्चा
    नून आवश्यकता अनुसार 
    गरम मसला एक सानो चम्चा
    मेथीको पात एक ठूलो चम्चा
    उमालेको मुरली मकै २५० ग्राम
    पानी २२० मिलिलिटर
    काजु पेस्ट ९० ग्राम
    पनीर दुई ठूलो चम्चा
    चिनी आधी सानो चम्चा
    धनियाँ तीन ठूलो चम्चा

    बनाउने तरिकार 

    कराईमा एउटा ठूलो चम्चा तेल र घिउ हालेर तताउनुस् । अब यसमा १५० ग्राम प्याज हालेर मज्जाले भुट्नुस् ।
    यसपछि एक सानो चम्चा लसूनको पेस्ट, एक सानो चम्चा अदुवाको पेस्ट हालेर दुईदेखि तीन मिनेट सम्म पकाउनुस् ।
    अब ३०० ग्राम गोलभेंडा हालेर मज्जाले पकाउनुस् ।
    यो मिश्रणमा बेसार, रातो खुर्सानीको पेस्ट, धनियाँको धूलो, जीराको धूलो, नून, गरम मसला, मेथीको पात हालेर मज्जाले मिसाउनुस् ।
    अनि यसमा मुरली मकै मिसाउनुस् । अब यसमा २२० मिलिलिटर पानी, काजुको पेस्ट हालेर छोपेर राख्नुस् र तीन मिनेटसम्म पकाउनुस् ।
    त्यसमा पनीर र चिनी हालेर मिसाउनुस् । त्यसमा चीज अनि धनियाँ हाल्नुस् । 
    यति गरे पछि मकैको तरकारी तयार हुन्छ । तपाईले यसको स्वाद लिन सक्नु हुनेछ । एजेन्सी

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast