मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    हलिउड फिल्म 'ट्रिपल एक्स'को चौथो सिक्वेलमा पनि देखिदै दीपिका

    आईतवार, १९ कार्तिक २०७४, आहाखबर

    काठमाडौं कार्तिक १९ । 
    बलिउडकी चर्चित तथा सुन्दरी नायिका दीपिका पादुकोणको चर्चा अहिले बलिउडमा मात्रै नभएर हलिउडमा समेत रहेको छ । शाहरुख खान अभिनीत फिल्म ‘ओम शान्ति ओम’ बाट बलिउडमा डेब्यू गरेकी नायिका दीपिकाले हलिउडमा पनि आफ्नो राम्रो पहिचान बनाइसकेकी छिन् । 

    यही वर्ष उनी अभिनित पहिलो हलिउड फिल्म ‘ट्रिपल एक्स : रिटर्न अफ जेन्डर केज’ रिलिज भएको थियो । जसमा उनको अभिनयको सर्वत्र चर्चा गरिएको थियो ।  

    भारतीय मिडियामा प्रकाशित खबरका अनुसार, दीपिका एकपटक फेरि हलिउडतर्फ जाने भएकी छिन् । फिल्म ट्रेड एक्सपर्ट रमेश बालाले ट्वीटमार्फत यो कुराको जानकारी दिएका छन् कि दीपिका पादुकोण ’ट्रिपल एक्स’को नयाँ पार्टमा पनि देखिनेछिन् । 

    दीपिका ‘ट्रिपल एक्स स् रिटर्न अफ जेन्डर केज’ मा चर्चित हलिउड अभिनेता विन डीजलसँग एकसाथ देखिएकी थिइन् । अब एकपटक फेरि दीपिका यसको चौथो पार्टमा पनि विन डीजलसँग देखिनेछिन् । यो फिल्ममा दीपिकाको भूमिका गएको फिल्मभन्दा दमदार हुने बताइएको छ ।  

    अहिले भने दीपिका आफ्नो नयाँ बलिउड फिल्म ‘पद्मावती’को छायांकनमा व्यस्त छिन् । यो फिल्ममा दीपिकाको अलावा शाहिद कपूर र रणवीर सिंहको पनि मुख्य भूमिका छ । संजय लीला भंसालीको निर्देशनमा बनेको यो फिल्म आगामी १ डिसेम्बरमा रिलिज हुँदैछ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast