मंगलवार, कार्तिक ५, २०७६
    कला-सौन्दर्य

    चलचित्र ‘लम्फु’ मा देखिदै कुसुम अर्थात तरकारीवाली

    बिहिवार, १६ कार्तिक २०७४, आहाखबर

    काठमाडौं कार्तिक १६। 
    केहि समय अघि सामाजिक सञ्जालमा तरकारीवालीको रुपमा भाइरल बनेकी गोरखाकी कुसुम श्रेष्ठ चलचित्र लम्फु मार्फत नेपाली सिने जगतमा छाउने कोसिसमा छिन् । 

    गोरखाको भुम्लीचोककी कुसुमले डोकामा तरकारी बोकेर खोला तर्दै गरेको फोटो पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले सामाजिक सञ्जालमा अपलोड गरेसँगै ‘तरकारीवाली’ को रुपमा उनको नामले चर्चा चुम्यो । उनको चर्चा कुनै कलाकारको भन्दा कम भएन । उनलाई त्यति खेर विभिन्न सञ्चार माध्यममा अन्तर्वार्ता दिन भ्याइ नभ्याई हुन्थ्यो । 

    यसपछि उनलाई म्युजिक भिडियो र फिल्म खेल्ने अफर आए पनि पढाई विग्रने डरले सबै अफर अस्विकार गर्दै आइन् । तर उनले अहिले फिल्म खेलेको रहस्य एक वर्ष पछि खोलेकी छिन् । उनले भनिन् फिल्म खेल्ने अफर धेरै आए, केहि फिल्म अस्विकार गरे पनि एउटा फिल्म खेलेकी छु त्यो दर्शकहरुका लागि सरप्राइज हुनेछ । फिल्ममा उनको भूमिका कस्तो थियो भन्ने बारे भने उनले बताएकी छैनन् । 

    उनी भन्छिन् मेरो भूमिका थाहा पाउन फिल्म नै हेर्नु पर्छ । उनका अनुसार उनलाई अहिले पनि देख्ने सबैले तरकारीवाली भनेर बोलाउने गरेका छन् । ‘लम्फु’ का निर्देशक गोपालचन्द्र लामिछानेले ‘उनलाई सुहाउने रोल भएकोले’ आफूहरूले अनुरोध गरेको बताए । फिल्म यो वर्षको अन्त्यमा प्रदर्शनमा आउनेछ ।’ उक्त फिल्ममा कुसुमसँगै कविर खड्का, संजित भण्डारी, मरिस्का पोखरेल, चाँदनी शर्मा लगायतको अभिनय छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast