बुधबार, कार्तिक २७, २०७६
    कला-सौन्दर्य

    ब्यूटी वीथ ब्रेन !

    ‘ऐश्वर्य’मा नायिका केकीको अभिनयले पायो चौतर्फी प्रशंशा

    बुधबार, १५ कार्तिक २०७४, आहाखबर

    काठमाडौं, १५ कार्तिक ।  
    केकी अधिकारी नेपाली सिने जतगको एक चर्चित नाम हो । नायिका अधिकारीले दर्जनौ चलचित्रमा आफ्नो अभिनय कौशल देखाइसकेकी छिन् । म्यूजिक भिडियोबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी यी सुन्दरी नायिकाले सिने जतगमा चलचित्र ‘स्वर’बाट डेब्यू गरेकी हुन् । 

    उनको प्राय चलचित्रले खासै व्यापार नगरे पनि उनको अभिनयको भने सबैले खुलेर प्रशंसा गर्ने गरेको पाइन्छ । त्यसो त अभिनयमा मात्रै नभएर उनी अध्ययनमा समेत उत्तिकै पोख्त छिन् । उनले मानव संसाधन व्यवस्थापनमा डिग्री हासिल गरेकी छिन् । 

    उनको मसान, आइ एम सरी, महषुश, श्री पाँच अम्बरे लगायत दर्जनौ चर्चित चलचित्रहरु प्रर्दशनमा आइसकेका छन् । उनको अभिनय रहेको चलचित्र ‘ऐश्वर्य’ हालसालै प्रदर्शनमा आएको छ । सो चलचित्रमा उनको अभिनयको कलाकार लगायत सबैले खुलेर प्रशंसा गरेका छन् । 

    चलचित्र हेरेपछि दर्शकले केकी र अर्का कलाकार प्रशान्तले ‘ऐश्वर्य’ धानेको प्रतिक्रिया दिएका छन् । यस चलचित्रले राम्रो व्यापार गरेको छ । २८ वर्षीय केकीको पिता बद्रि अधिकारी पनि चलचित्र क्षेत्रमा नै संलग्न छन् । यस हिसावले पनि केकीलाई चलचित्र क्षेत्रमा प्रवेश गर्नमा केही सहजता भएको मान्निछ । उनको आमा लक्ष्मी अधिकारी हुन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast