बुधबार, कार्तिक २७, २०७६
    कला-सौन्दर्य

    सान फ्रान्सिस्को चलचित्र महोत्सव

    अमेरिकामा नायिका नीता अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित

    नीता अभिनित फिल्म ‘पञ्चायत’ विदेशी भाषाको (उत्कृष्ट फिल्म, उत्कृष्ट मुख्य अभिनेत्री) विधामा पुरस्कृत

    मंगलवार, १४ कार्तिक २०७४, आहाखबर

    काठमाडौं कार्तिक १४।

    नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका नीता ढुंगाना सान फ्रान्सिस्कोमा अन्तर्रा्ष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को सहरमा आयोजित “सान फ्रान्सिस्को चलचित्र महोत्सव” मा नीता अभिनित फिल्म ‘पञ्चायत’ले विदेशी भाषाको ’उत्कृष्ट फिल्म’ विधामा र ’उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको हो ।  

    नेपालमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल नायिका नीता ढुंगानाले अन्तिराष्ट्रिय पुरस्कार समेत जित्न सफल भएकी हुन् । सानै उमेरदेखि अभिनयमा लागेकी ढुंगानाले हालसम्म २१ भन्दा बढी चलचित्रहरुमा अभिनय गरिसकेकी छिन ।

    उनका चर्चित चलचित्रहरु दबाव, छ एकान छ, नोटबुक, मसान, हाम्रो माया जुनी जुनीलाई, निर्भय लगायत पछिल्लो चलचित्र पञ्चायत हुन् । ‘पञ्चायत’मा किशोरीको भूमिकामा देखिएकी नीताको सशक्त अभिनयकै कारण अन्तर्रा्ष्ट्रिय पुरस्कारबाट उनलाई सम्मान गरिएको हो । ५० बर्ष पुरानो कथामा बनेको फिल्म ‘पञ्चायत’ लाई शिवम अधिकारीले निर्देशन गरेका हुन् । 

    फागुन १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्ममा नीताका अलावा सरोज खनाल, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । 
     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast