बिहिवार, कार्तिक २८, २०७६
    कला-सौन्दर्य

    ‘बाहुबली’ को उच्च छविलाई सधैंभरी कायम राख्न चाहन्छन् प्रभास

    शुक्रबार, २० असोज २०७४, आहाखबर

    एजेन्सीहरु । 
    एसएस राजामौलीको सिनेमा ‘बाहुबली’ ले विश्वभर तहल्का मच्चाएपछि राता–रात प्रसिद्ध बनेका दक्षिण भारतीय अभिनेता प्रभासको कुरा गरौं ! अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रुपमा हेर्न थालिएका प्रभासको ‘फ्यान फलोइङ’ समेत ब्यापक बन्दै गएको छ ।
    ‘बाहुबली’ को फ्रेन्चाइजीमार्फत दुनियाँभरमा चर्चित भएका अभिनेता प्रभासले हालैमात्र आफूले ‘बाहुबली’ का दुई संस्करणबाट बनाएको छवि तोड्न नचाहेको बताएका हुन् । 


    एक भारतीय मिडियालाई दिएको अन्तर्वार्ताको क्रममा प्रभासले भनेका छन् की– ‘म यो छविलाई ताड्न चाहन्न । यस्तो अवसर जीवनमा एक पटक मात्र मिल्छ । भाग्यमानी रहेछु मलाई यो सु–अवसर मिल्यो । अब यसलाई आफ्नो साथ जीवनभर बचाएर राख्न चाहन्छु ।’

    उनले अगाडि थपेका छन् – ‘यो एक आश्चर्यजनक घटना हो, जुन मेरो जीवनमा घट्यो । कहिलेकाही म आफै आश्चर्यचकित हुन्छ की – म नै ‘बाहुबली’को मुख्य पात्र थिएँ भनेर ।’ 

    फिल्मको दुवै संस्करणले सफलताको शिखर चढेपछि सर्वत्र प्रशंशा पाएका प्रभास अगाडि भन्छन्, ‘अहिले पुरै देशमा मलाई मानिसहरु राम्ररी चिन्दछन् । जसको मैले कल्पना समेत गरेको थिइनँ । हुन त हामीले पहिले नै सोचेका थियौं की फिल्म राम्रो बन्छ भनेर । तर, यति धेरै नै सफल हुनेछ भन्ने कुराको भने हामीले अनुमान समेत लगाएका थिएनौं ।’

    ब्लकबस्टर सिनेमा बाहुबालीमा प्रभासका अलावा राणा दग्गूबत्ती, अनुष्का शेट्टी, राम्या कृष्णन, तमन्ना भाटिया र सत्यराज मुख्य भूमिकामा रहेका थिए । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast