मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    गायक आदित्यले रिसाउँदै ‘बम्बई आउँदा ठीक पार्छु’ भनेपछि...(भिडियो सहित)

    सोमबार, १६ असोज २०७४, आहाखबर

    नयाँ दिल्ली, असोज ।
    यतिबेला सु–प्रसिद्ध गायक उदीत नारायण झाका छोरा आदित्य नारायण झा निकै चर्चामा छन् । सधैं हँसिलो मुद्रामा टेलिभिजन शो सञ्चालन गर्ने आदित्य झगडामै उत्रिएको भिडियो इन्टरनेटमा भाइरल बनेपछि आदित्य चर्चाको विषय बनेका हुन् । 
    आदित्यले निर्धारित तौलभन्दा बढी तौलको लगेज बोकेको भन्दै एयरपोर्ट अधिकारीहरुले सोधपुछ गरेपछि आदित्य आक्रोशित भएका हुन् ।  


    उक्त भिडियो भारतको रायपुर एयरपोर्टमा खिचिएको हो । जसमा आदित्य एयरपोर्ट अधिकारीहरुसँग झगडा गरिरहेको स्पष्टसँग देख्न सकिन्छ । यस खबरले आदित्यका फ्यानहरुलाई नराम्रो धक्का समेत लागेको छ ।
    निधारित तौलभन्दा बढी तौलको लगेज ल्याइएका कारण अधिकारीले उनलाई बढी तौलको पैसा तिर्न भनेपछि उनी अधिकारीहरुसँग झगडा गर्न पुगेको बुझिएको छ । विजयादशमीको दिन सांगीतिक प्रस्तुतिका लागि आदित्य रायपुरमा गएका थिए ।


    भिडियोमा अधिकारीलाई धम्की दिँदै आदित्यले भनेका छन् ‘तिमी कहिलेकाहीँ त बम्बई आउँछौ होला, त्यतिबेला त्यही तिमीलाई ठीक पार्छु ।’ 


    यसैबीच, इंडिगो कर्मचारीले आफूमाथि दूव्र्यवहार गरेको आदित्यले आरोप लगाएका छन् । घटनाको अन्तिममा आदित्य र एयरपोर्टका अधिकारीहरुबीचको वार्तापछि आदित्यले माफी मागेका थिए भने त्यसपछि मात्रै उनलाई बोर्डिङ पास मिलेको थियो ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast