बुधबार, कार्तिक २७, २०७६
    कला-सौन्दर्य

    ठूलो बजेटको फिल्म ‘संघमित्रा’ मा दीशा पटानी

    श्रुती हसनको स्थानमा स्थानमा अब अभिनेत्री दीशा, झण्डै १ सय ५० करोडको लगानी, हिन्दी संस्करणमा छुट्टै कलाकार

    सोमबार, १६ असोज २०७४, आहाखबर

    मुम्बई (एजेन्सी) ।
    छिमेकी देश भारतमा आजकल तामिल भाषामा महङ्गो बजेटमा सिनेमा बनाउने एक किसिमको प्रतिस्पर्धा नै चलेको पाइन्छ । त्यसैले त ठूला–ठूला बजेटमा बन्ने यस्ता सिनेमामा कसले अभिनय गर्छ भन्ने कुराले पनि उत्तिकै चर्चा पाउने गर्छ । यस्तै ठूलो बजेटमा निर्माण हुँदै गरेको तामिल सिनेमा मध्ये एक हो – ‘संघमित्रा’ ।

    केही समय अघि तामिल ऐतिहासिक फिल्म ‘संघमित्रा’का लागि कमल हसनकी छोरी श्रुती हसन फाइनल भएको बताइएता पनि अहिले आएर उक्त स्थानमा स्थानमा अभिनेत्री दीशा पटानी अनुबन्धित भएकी हुन् । 


    भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका लागि दीशाले निर्माण कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर गरिसकेकी छन् । यद्यपी, फिल्म निर्माण कम्पनीले भने यस विषयमा केही नबताए पनि निर्माताले भने चाँडै नै गरेर आम पत्रकारमाँझ यो समाचार सार्वजनिक गर्ने बताएका छन् ।

    तेलुगू र हिन्दी भाषामा बन्ने यस फिल्मको निर्देशन सुन्दर सीले गर्नेछन् भने निर्माण श्री थेनान्डल फिल्म्स् कम्पनीले गर्ने बताइएको छ । निर्देशक सुन्दरका अनुसार हिन्दी संस्करणमा छुट्टै कलाकार हुनेछन् । 

    झण्डै १ सय ५० करोडको लगानीमा बन्ने फिल्ममा जयम रवि र आर्याको पनि अभिनय रहनेछ । निकै नै महत्वकांक्षी मानिएको यस फिल्ममा ए.आर. रहमानको संगीत रहने छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast