मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    राप्रपा छाड्दै गायिका कोमल वली ! छिट्टै एमालेमा प्रवेश गर्ने चर्चा

    शनिबार, ७ असोज २०७४, आहाखबर

    ७ असोज, काठमाडौं । 
    अत्यधिक बहुमतका साथ राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएको १ वर्ष पनि नवित्दै गायिका कोमल वली एमालेमा प्रवेश गर्ने चर्चा चल्न थालेको छ । कोमल आगामी सोमबार अध्यक्ष केपी ओलीका हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न लागेको बताइएको छ । 
    राप्रपा विभाजनपछि निराश बनेकी कोमलले केही दिन यता एमालेका शीर्ष नेताहरुसँग छलफल अघि बढाएकी हुन् । कोमलले विशेष गरी आफ्नै गृह जिल्ला निवासी एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल मार्फत एमाले प्रवेशका लागि वार्ता चलाएको बुझिएको छ ।  

    एमालेमा प्रवेश गरिसकेपछि वलीलाई उक्त दलले सांसद बनाइदिने आश्वासन समेत दिएको बुझिएको छ । यसैबीच, कोमल वलीसँगै दाङका व्यवसायी तथा कांग्रेस नेता बलिभद्र राना समेत एमालेमा प्रवेश गर्न लागेको बताइएको छ । 

    गायिका कोमल वली र नायिका रेखा थापा केही समयअघि एकैपटक राप्रपामा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए । गायिका वली र नायिका थापाको एकआपसमा मित्रताको सम्बन्ध रहेको बताइन्छ । गायिका वली एमालेमा प्रवेश गरेपनि नायिका थापाले भने हालसम्म पार्टी परिवर्तनको निर्णय गरेकी छैनन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast