बुधबार, कार्तिक २७, २०७६
    कला-सौन्दर्य

    २० वर्षीय पोखरेली ठिटो 'बुद्ध लामा' बने पहिलो ‘नेपाल आइडल’

    मोरङका निशान भट्टराई र ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप

    शनिबार, ७ असोज २०७४, आहाखबर

    काठमाडौं ।
    एपी वान टेलिभिजनको चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को उपाधि पोखराका बुद्ध लामाले जितेका छन् । यससँगै पोखरा नयाँबजारका २० वर्षे ठीटो बुद्ध लामा पहिलो ‘नेपाल आइडल’ समेत बन्न सफल भएका छन् ।

    कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार अबेर राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै  बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्।

    आयोजकका अनुशार उत्कृष्ट तीनबाट विजेता छनोटका लागि कुल ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएकोमा त्यसको झण्डै आधा जस्तो अर्थात जम्म ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले नेपाल आइडलको उपाधि जितेका हुन् । 

    यस जितसँगै बुद्धले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम सम्झौता समेत प्राप्त गर्न सफल भएका छन् । नेपाल आइडल बुद्धलाई हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरेका थिए । 

    त्यस्तै, उक्त प्रतियोगितामा उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भएका छन् । जसमा निशानले कुल ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट तथा प्रताप दासले जम्मा १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएको आयोजकले बताएको छ । 


    प्रतियोगिताका फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पार्न सफल भएका छन् । 

    अन्तराष्ट्रिय फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको अन्तिम प्रतिश्पर्धामा नेपाल आइडलको उत्कृष्ट १२ जना प्रतियोगीले समेते फाइनलमा प्रस्तुति दिएका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast