मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    ‘नेपाल आइडल’ को फाइनल शुक्रबार राती कतारबाट 'लाइभ'

    प्रथम हुनेलाई नगद २० लाख रुपैयाँ र महिन्द्राको ‘केयुभी’ कार

    शुक्रबार, ६ असोज २०७४, आहाखबर

    काठमाडौं, असोज ६ ।
    एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको लोकप्रिय रियालिटी टेलिभिजन शो ‘नेपाल आइडल’ को फाइनल शुक्रबार हुँदै छ । यससँगै शुक्रबारको फाइनल प्रतिश्पर्धाबाट एक जना ‘नेपाल आइडल’ बन्ने छन् । ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना विजेता छनौट हुन लागेको हो । 

    विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा तीन जना प्रतिस्पर्धी बाँकी रहेका छन् । जसमा मोरङका निशान भट्टराई,  पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये दर्शकले दिएको भोटका आधारमा एक जना प्रतियोगी नेपाल आइडल बन्ने भएका हुन् । यसअघि गत सेप्टेम्बर १४ देखि सुरु भएको भोटिङ शुक्रबार बेलुकी पाँच बजेसम्म दर्शकले आफूले मन पराएका प्रतिस्पर्धीलाई भोट दिन पाउने बताइएको थियो ।

    दर्शकको भोट नै निर्णायक हुने भएपछि प्रतियोगितामा कसले बाजी मार्छ भन्न मुश्किल छ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको अन्तिम प्रतिश्पर्धा कतारको दोहास्थित एसियन टाउन एम्पिथियटरमा हुने छ । नेपाल आइडलको उत्कृष्ट १२ जना प्रतियोगीले समेत नेपाल आइडलको फाइनलमा प्रस्तुति दिनेछन् । 

    नेपाल आइडलमा प्रथम हुनेले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम  तथा कन्ट्रयाक्ट पाउने आयोजकले बताएको छ । त्यस्तै, आइडलमा दोस्रो हुनेले नगद १५ लाख रुपैयाँ र तेस्रो हुनेले नगद १० लाख रुपैयाँ पाउनेछन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast