मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    फेसनका ‘राजा–रानी’ अर्थात रणवीर सिह र दीपिका पादुकोण

    मंगलवार, ३ असोज २०७४, आहाखबर

    मुम्बई ।
    सिनेमा उद्योगमा सिनेमा र फेसन एक अर्काका परिपुरक मानिन्छन् ।  फिल्म क्षेत्र एउटा यस्तो उद्योग पनि हो जसमा फेशन हावी नै हुन्छ भन्दा समेत गलत हुँदैन । त्यस्तै, कितपय सिनेमाले त समाजको फेशन ट्रेण्डलाई समेत ठाडो चुनौती दिदै उल्टै समाजलाई नै डो¥याउने गर्छ ।  

    बलिउड उद्योगमा फेशनको कुरा गर्ने हो भने अभिनेत्री दीपिका पादुकोणको नाम पनि निकै अघिल्तिरै पर्ने गर्छ । हो ! हालै मात्र ‘फिल्म फेयर फेसन’ले आयोजना गरेको एउटा सर्वेक्षणले अभिनेत्री दिपीकालाई ‘फेशन रानी’ भएको भन्दै उनलाई त्यसको उपमा समेत दिइएको छ । 

    उक्त मत सर्वेक्षणमा मानिसहरुले ‘फेसनको रानी’ उपाधीका लागि दीपिकालाई छनौट गरेका हुन् । दीपिकाले आफ्नी प्रतिस्पर्धी प्रियंका चोपडालाई पछि पार्दै सो उपाधी हासील गरेकी थिइन् । त्यस्तै अभिनेत्री सोनम कपुर र कंगना रनाउतले पनि सो उपाधीका लागि बलियो दाबेदारी प्रस्तुत गर्न सफल भएका थिए । 

    त्यस्तै, ‘फेशनको राजा’ मा बलिउड नायक रनवीर सिंहले अन्य अभिनेता शाहिद कपुर, बरुण धवन र आयुष्मान खुरानालाई पछि पारेका थिए ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast