बुधबार, कार्तिक २७, २०७६
    कला-सौन्दर्य

    ‘मिस एयर होस्टेस– २०१७’ को उपाधी रीवा लिम्बुले जितिन्

    मंगलवार, ३ असोज २०७४, आहाखबर
    सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेस – २०१७ को विजेता धरानकी रिवा लिम्वु (बीचमा) फष्ट रनरअप नतसीजु सिंह ठकुरी र सेकेन्ड रनर अप मोनालिसा पाख्रिन । फोटो : प्रदिपराज वन्त, रासस

    काठमाडौं ।

    ‘मिस एयर होस्टेस – २०१७’ को उपाधि धरानकी १९ वर्षीय रीवा लिम्बुले जितेकी छिन् । उनले ३४ जना प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस एयर होस्टेस २०१७’ को ताज हात पारेकी हुन् । 

    यस जितसँगै लिम्बुले २५ हजार नगद रुपैयाँ र वसुन्धरास्थित साउथ वेस्टर्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि रु. एकलाख बराबरको छात्रावृत्ति प्राप्त गरेकी छिन् । साथै उनले हालको लागि एभीयशन म्यूजीएममा रोजगारीको अवसर समेत प्राप्त गरेकी छन् । 


    त्यस्तै, फस्ट रनरअप घोषित कंलङ्कीकी सिजु सिंह ठकुरीले उपाधिसँगै नगद १५ हजार रुपैयाँ प्राप्त गरेकी छन् । ‘मिस एयर होस्टेस २०१७’ को सेकेण्ड रनर अप मोनालिसा पाख्रीनले दश हजार रुपैयाँको साथै वसुन्धरा स्थित साउथ वेष्टर्न कलेजमा १ लाख बराबरको छात्रवृत्ति प्राप्त गरिन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast