सोमबार, असोज ६, २०७६
    स्वाद/परिकार

    यसरी खानुस् दशैंमा ठीक्क मासु !

    सोमबार, २ असोज २०७४, आहाखबर

    रातो टीका र जमराको पर्वको रुपमा चिनिने बडादशैंमा खानपानको पनि उत्तिकै महत्व रहँदै आएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दा सबैलाई मनपर्ने परिकार मासुको चर्चा हुनु पनि स्वभाविकै हो । 

    दशैं मा पनि पेटभरी मासु नखाए कहिले खाने भन्नेहरु पनि हाम्रो समाजमा उत्तिकै भेटिन्छन् । तर, यदि होस नपु¥याईकन दसैँमा मासु र अन्य खानेकुरा खाँदा स्वस्थ मानिस समेत बिरामी पर्ने सम्भावना समेत रहन्छ ।

    चाडबाडका बेला खानपिनमा ध्यान नदिँदा कैयौं मानिस दशैंका समयमा अस्पतालमा समेत पुग्ने गरेको पाइन्छ । खानपिनमा सामान्य ध्यान समेत नदिँदा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा उल्लेख्य वृद्धि हुने गरेको छ । 

    विशेष गरी रातो मासुलाई पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरा समेत बढ्न सक्छ । त्यसको अर्थ मासु खाँदै नखाने भनेको चाहिं होइन । अवश्य पनि आफ्नो स्वादअनुशारको मासु खान त सकिन्छ तर थोरै ध्यान भने पु¥याउन जरुरी छ । 

    सामान्यतया एक छाकमा तीन–चार टुक्रा मात्र मासु खाने, कोक, फेन्टाजस्ता पेय पदार्थलाई भन्दा पानीलाई प्राथमिकता दिने, हरियो तरकारीलाई खानामा समावेश गर्ने गरेमा त्यसबाट कुनै समस्या ननिम्तिने डाक्टरहरु बताउँछन् । 

    चाडबाडका बेला अनियन्त्रित खानपानले शरीरमा अतिरिक्त बोसो जम्मा भई मधुमेह तथा अन्य रोगलाई समेत बढावा दिन सक्ने भन्दै डाक्टरहरु यसप्रति सचेत रहन आग्रह गर्दछन् । विशेष गरी ताजा र सफा मासु किन्नुपर्नेमा उनीहरु जोड दिन्छन् । त्यस्तै, मासु पकाउँदा धरै चिल्लो वा मसला राखी भन्दा पनि साधारण तरिका अपनाउनु उचित हुन्छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast