मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    कृष्ण र बर्षा सिवाकोटी भन्दैछन् – ‘आयो दशैं आयो !’ (भिडियो सहित)

    बिहिवार, २९ भाद्र २०७४, आहाखबर

    नेपालीहरुको सबैभन्दा ठूलो पर्वको रौनक कला क्षेत्रमा पनि देखिने क्रम जारी छ । दशैंको पूर्वसन्ध्यामा दशैंसँग सम्बन्धित विभिन्न गीत–संगीतहरु अहिले विभिन्न सञ्चार माध्यम मार्फत बजिरहेको देख्न र सुन्न सकिन्छ । 

    यसैक्रममा कृष्ण काफ्लेको स्वर, अम्बिका गुरुङको शब्द तथा पुरुषोत्तम न्यौपानेको यसमा संगीत रहेको ‘आयो दशैं आयो’ बोलको गीतको भिडियो पनि सार्वजनिक भैसकेको छ । 

    हालसालै सार्वजनिक गरिएको उक्त भिडियोमा  स्वयम् गायक कृष्ण काफ्ले र मोडल बर्षा सिवाकोटीलाई फिचरिङ गरिएकाले पनि यसले राम्रै चर्चा पाइरहेको छ । 

    शान थापाद्वारा निर्देशित यो भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ । समग्रमा भिडियो राम्रै तयार भएकाले यसले थप चर्चा बटुल्ने अपेक्षा गर्न सकिन्छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast