सोमबार, असोज ६, २०७६
    स्वाद/परिकार

    वाइफर चिप्स बनाउने विधि

    आईतवार, १८ भाद्र २०७४, आहाखबर
    वाइफर चिप्स
    आवश्यक सामग्री :
    १. आलु          १ देखि २ केजी
    २. बेसाल         १ वा २ सानो चमच
    ३. नून            स्वादअनुशार
    ४. खुर्सानी धुलो     १ वा २ सानो चमच
    ५. चाट मसला       स्वादअनुशार
    ६. अजिनोमोटो       स्वादअनुशार
    ७. तेल              फ्राई गर्न
     
    बनाउने विधि
     सर्वप्रथम आलु पखाल्ने र राम्रोसँग ताछ्ने ।
     तासेको आलुलाई पखाल्ने र पातलो गोलो आकारमा काट्ने ।
     आलुलाई बेसार राखि तातोपानीमा २÷३ मिनेट उसिन्ने ।
     अन्तमा आलुलाई चिसो बनाउने र तातो तेलमा खैरो हुनेगरी फ्राई गर्ने ।
     त्यसपछि चिप्सलाई सफा भाँडामा राख्ने र माथि उल्लेख गरिएका मसला छर्कने र केही क्षण चलाएपछि वाइफर चिप्स तयार हुन्छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast