मंगलवार, कार्तिक ५, २०७६
    सावधान

    धवल शम्शेरलाई डुबानकै चिन्ता

    मंगलवार, २० आषाढ २०७४, आहाखबर

    नेपालगन्ज, असार २० । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएको केही समयपछि डा. धवल शम्शेर राणाले सामाजिक संजालमा मतदातहरुदाई धन्यवाद दिए । उनको फेसुबक स्टाटसमा भनिएको छ ,– नेपालगन्ज नगर बासी आमावुवा, दाजुभाइ दिदी बहिनीहरुमा धेरै धेरै धन्यवाद । मलाई र मेरो पार्टीलाई जुन बिश्वासले मत दिनुभएको छ त्यो बिश्वास कायम रहने काम गर्ने छु ।नेपालगन्ज नगरलाई देशकै नमुना सहर बनाउन सधै लागि पर्ने छु । सम्पुर्णमा हार्दिक कृतज्ञता ब्यक्त गर्द छु ।

    डा. धवल निर्वाचित हुनुभन्दा केही समय अगाडीदेखि सुरु भएको बर्षातले नेपालगन्जका केही स्थान जलमग्न पारेपछि धवलले तत्कालै एक्सन देखाएका छन् ।  डुबान समस्या समाधानका बारेमा राणाले नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत भिमबहादुर कुँवर लगायतका कर्मचारीसँग छलफल गरेको राप्रपा बाँकेका प्रबक्ता श्रीधर सुवेदीले जानकारी दिए । डा. राणाले डुबानमुक्त नगर अहिलेको आप्mनो पहिलो प्राथमिकता भएको बताएका छन् । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast