शनिबार, जेष्ठ १७, २०७७
    पर्यटन समाचार

    जिल्लाभर एमालेको चुनावी अभियान

    बुधबार, १० जेष्ठ २०७४, आहाखबर

    नेपालगञ्ज –  जेठ  ३१ गते हुने स्थानीय तहको निर्वाचनको अभियानमा रहेका नेकपा एमालेका उम्मेदवारहरु टोल सभा, वडा भेला र घरदैलोमा जुटेका छन् । यस्ता भेलाहरुमा एमालेमा प्रवेश हुने क्रम बढेको छ ।
        कोहलपुर नगरपालिकाको वडा नं. १२ र १५ मा बुधबार भएका टोल भेलामा केही व्यक्तिहरुमा एमालेमा प्रवेश गरेका छन् । वडा नं. १५ को भेलामा सांसदद्वय देवराज भार र दलबहादुर सुनार तथा एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङले सम्बोधन गरेका थिए । राष्ट्रियतालाई बलियो बनाउने र विकासमा जोड दिने पार्टी एमाले भएकाले एमालेका उम्मेदवारलाई जिताउन सांसदद्वयले जोड दिएका थिए ।
        कोहलपुर नगरका मेयर उम्मेदवार लुटबहादुर रावतले दुई भेला सकेपछि स्वास्थ्यकर्मीहरुसँग चुनावी रणनीति बनाएको
    बताए । कोहलपुरले बुधबार वडा नं. १० मा पनि टोल भेला गरेको छ ।  बैजनाथ गाउँपालिकाको टिटिहिरियामा पनि वडा भेला गरिएको छ । गाउँपालिका प्रमुखका उम्मेदवार मानबहादुर रुचालसहित नेता तथा कार्यकर्ता उपस्थित भएको भेलामा सांसद दलबहादुर सुनारले मन्तब्य राखेका थिए ।  


        खजुरा गाउँपालिकाको सीतापुर, नरैनापुरको कोटियागाउँ र कोदीपुरुवा, जानकीको बेलहरी र खजुराखुर्द, डुडुवाको हिरमिनियामा घरदैलो र वनकट्टीमा भेटघाट गरिएको छ । राप्तीसोनारी गाउँपालिका प्रमुखका उम्मेदवार तुलसी थारुले बुधबार भेटघाटमात्रै गरेका छन् ।

      खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, नरैनापुरका विक्रम यादव, जानकीका रामनिवास यादव र डुडुवाका सकिल अहमद खाँले घरदैलो र टोल सभामा पुग्दा स्थानीय जनता उत्साहित भएको बताए । 

        चुनावको मिति नजिकिदै जादा उम्मेदवारहरुलाई जनताको घरघरमा पुग्न भ्याइनभ्याई भएको छ । पहिलो चरणको निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टी भएकाले दोस्रो चरणको निर्वाचन हुने जिल्लाका नेता तथा उम्मेदवारहरु उत्साहित हुँदै चुनावी अभियानमा जुटेका छन् ।

    एमालेका नेता तथा कार्यकर्ताहरु एकजुट भएर चुनावमा लागेका छन् । अरु सबै शक्तिहरु मिलेर एमालेलाई प्रहार हुँदै गर्दा एमाले नेता तथा कार्यकर्ताहरु त्यसलाई सामना गर्ने गरी अभियानमा निस्केको नेताहरु बताउँछन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast