सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    कमल थापा नेतृत्वको राप्रपाले सरकार छोड्यो

    सोमबार, १८ बैशाख २०७४, आहाखबर
    फाइल फोटो

    काठमाडौंः प्रधानन्यायधीस विरुद्ध सत्तासाझेदार काँग्रेस र माओवादी मिलेर संसदमा महाभियोग प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई सरकारबाट अलग गरेका छन् । 

    राप्रपाले कांग्रेस र माओवादी मिलेर प्रजातन्त्रको आधार स्तम्भ तोड्न लागेको आरोप लगाउँदै सत्ता छोडेको हो । सत्ता छाडेसँगै राप्रपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपाका चार मन्त्री र एक राज्यमन्त्री थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast