सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    ओलीले दाहाललाई फोन गरेर गोप्य छलफलमा बोलाए; भेट सकारात्मक: आचार्य

    सोमबार, १८ बैशाख २०७४, आहाखबर
    फाइल फोटो

    काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दाहाल र ओलीबीच निर्वाचन, संविधान संशोधन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले बताए ।

    "भेट सकारात्मक भएको छ तर भेटमा भएको कुरा बाहिर ल्याउनु भएको छैन त्यसैले कुन कुन कुरामा के सकारात्मक भए भन्न सकिन्न," आचार्यले भने ।   उनीहरुबीच करिव आधाघण्टा कुराकानी भएको उनले बताए ।

    उनीहरुबीच भेट हुनु भन्दा पहिले, माओवादी केन्द्रको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक चलिरहेको थियो र ओलीको फोन आएपछि बैठक छोडेर दाहाल ओनसरी घर्तीको कार्यकक्षमा पुगेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast