सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    न्यायपालिकाले कार्यकारी अधिकारीको प्रयोग गर्न थालेपछि महाअभियोग: कांग्रेस

    सोमबार, १८ बैशाख २०७४, आहाखबर
    फाइल फोटो

    काठमाडौं: नेपाली कांग्रेसले प्रधानन्यायाशीध सुशीला कार्कीमाथि लागेको महाअभियोग दर्ता न्यायलयले कार्यकारीको अधिकार प्रयोग गर्न थालेपछिको उपज भएको बताएको छ  ।

    नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा प्रचार समितिका संयोजक एवम् भौतिक यातायात तथा पूर्वाधार मन्त्री रमेश लेखकले भने, 'सरकारको कार्यकारी अधिकारमा हस्तक्षेप गर्न लागेपछि महाभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताए।'
     
    कांग्रेसको अनुसार पछिल्लो समयमा प्रधानन्यायाधीशले शक्ति पृथकीकरणको सिद्धान्तविपरित, न्यायपालिकाको मर्यादा नाघेर कार्यपालिकामा हस्तक्षेप गर्ने काम गरेकाले यो अवस्था सिर्जना भएको बताएको छ ।

    “सरकारले गर्ने काम मात्रै नभएर न्यायपालिकाको मर्यादा र गरिमामाथि प्रश्नचिन्ह लगाउने काम उहाँले गर्नुभयो,” उनले भने, “इमान्दारीताका साथ काम नगरेको, आचारसंहिताको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव देखिएकाले महाभियोग प्रस्ताव ल्याउनुपरेको हो,” मन्त्री लेखकले बताए ।

    उनले देशको प्रशासन सञ्चालनको जिम्मेवारी अधिकार सरकारलाई दिएको भए पनि त्यसलाई हस्तक्षेप गरेर आफैं कार्यकारी हुन खोजेको कांग्रेसको आरोप छ ।

    यो न्यायलयमाथिको हस्तक्षेप होइन बरु न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन महाभियोग प्रस्ताव गरिएको कांग्रेसको दावी छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast