सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने- बाध्य भएर महाभियोग ल्याउनु पर्यो, यसले चुनाव बिथोलिन्न

    सोमबार, १८ बैशाख २०७४, आहाखबर

    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार भेट गरी प्रधानन्यायधीस सुशीला कार्कीविरुद्ध ल्याउनुपरेको महाअभियोग प्रस्तावबारे जानकारी गराएका छन् । दाहालले यसबाट असहज परिस्थिति नआउने विश्वास समेत दिलाएका छन् । 

    पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति कार्यालय, शीतल निवास बोलाइएका दाहालले महाअभियोग प्रस्तावले निर्वाचनलगायत काममा कुनै असर नपर्ने राष्ट्रपति भण्डारीलाई जानकारी गराए । दाहाल र भण्डारीबीच झण्डै एक घण्टा लामो वार्ता भएको थियो । 

    राष्ट्रपतिले प्रधानन्यायाधीसविरुद्धको महाअभियोग प्रस्तावबाट उत्पन्न हुनसक्ने राजनीतिक परिस्थितिबारे सोधेकी थिइन । दाहालले भने आफूहरुले विचार गरेर नै यो कदम उठाएको भन्दै यसबाट वैशाख ३१ को निर्वाचन प्रभावित नुहुने बताए । 

    कार्यपालिकाको क्षेत्राधिकारमाथि न्यायापालिकाले अनावश्यक हस्तक्षेप गरेकाले महाअभियोग प्रस्ताव दर्ता गर्न बाध्य भएको भन्दै दाहालले त्यसो नगर्दा न्यायपालिकाको स्वयेच्छाचारिता बढने बताएका थिए । 

    राष्ट्रपति भण्डारीले भने राजनीतिक समस्यालाई सबै दल मिलेर समाधान गर्न सुझाव दिँदै त्यसका लागि सरकारको तर्फबाट बाताबरण बनाउन सुझाव दिइन । महाअभियोगसँगै मुलुकमा नयाँ तरंग आएपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई भेट्न बोलाएका थिइन । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast