सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    पछिल्लो राजनीतिक घटनाक्रमबाट सेना सशंकित: थप सुरक्षा सतर्कता अपनाउने निर्णय

    आईतवार, १७ बैशाख २०७४, आहाखबर

    काठमाडौँ: जारी नेपाली राजनीतिको पछिल्लो घटनाक्रमलाई लिएर नेपाली सेनाले आइतबार सुरक्षा चुनौतीहरुको समीक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरिएको छ ।

    सेनाको जंगी अड्डा, भद्रकालीमा आज साँझ १० बजे सकिएको आकस्मिक पि.एस.ओज. बैठकले आइतबार दिनभर बिकसित घटनाक्रमलाई नियाल्दै वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरुको समीक्षा गरेको, सैनिक जनसम्पर्क निर्देशनालयले बिज्ञप्ति मार्फत जनाएको छ ।

    "देशमा हाल विकसित घट्नाक्रमको समीक्षा गर्न आज जंगी अड्डामा आकस्मिक पि.एस.ओज. बैठक बसी सुरक्षा चुनौतीहरुको समीक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरिएको छ," बिज्ञप्तिमा भनिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast