सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    देउवासँग असन्तुष्टि जनाउँदै गृहमन्त्री निधिले दिए राजीनामा

    आईतवार, १७ बैशाख २०७४, आहाखबर

    काठमाडौंः उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले राजीनामा दिएका छन । लामो समयदेखि कमल थापासग वरियता विवादका कारण मन्त्रिपरिषद बैठक बहिस्कार गर्दै आएका निधिले राजीनामा दिएका हुन । 

    यद्यपि उनले राजीनामा दिनुको कारण प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावप्रति असन्तुष्टी जनाएको देखाए पनि मुख्य कारण भने डिआइजी नवराज सिलवालमाथि कारवाहीको तयारी रहेको स्रोतको भनाई छ ।

    सिलवाललाई बचाउ गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र प्रधानन्यायाधीस कार्कीको मुख्य चासो रहँदै आएको बताइँदै आएको छ । महाअभियोग बारे कुनै जानकारी नदिइएका कारण नैतिक रुपमा पदमा बसिरहनु उपयुक्त नदेखेको निधिको भनाई छ । 

    उनले आफू पार्टी सभापति शेरबहादुर देउवासंग आइतवार पनि विहानैदेखि पटक पटक संविधान संशोधनलगायतका बिषयमा संवादमा रहेपनि महाअभियोगकका बारेमा भने एक शब्द नबताएको बताए । पछिल्लो समयमा देउवा र निधिको मनमुटाव बढेको छ । 

    महाअभियोगको बिषय आफ्नै कार्यक्षेत्र (आइजीपी प्रकरण) भित्र परे पनि देउवाले यस विषयमा एक शब्द बबताएको भन्दै निधिले यस्तो अवस्थामा पदमा बस्न नैतिक रुपले नमिल्ने भएकोले राजीनामा दिएको बताएका छन् । निधि सिलवाललाई आइजिपी बनाउनुपर्ने पक्षमा थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast