सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    कामु प्रधानन्यायधीसमा पराजुलीको पदबहाली, झण्डावाल गाडिमै निस्किइन कार्की

    आईतवार, १७ बैशाख २०७४, आहाखबर

    काठमाडौंः प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदको सचिवालयमा महाअभियोगको प्रताव दर्ता भएपछि सर्वोच्चका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले कायममुकायम प्रधानन्यायाधीशमा पदबहाली गरेका छन् ।

    सर्वोच्चमा आइतबार आयोजित एक कार्यक्रमबीच पराजुलीले पदवहाली गरे । पदबहालीसँगै पराजुलीले सर्वोच्चमा उपस्थित न्यायाधीश र कर्मचारीलाई इमान्दार र कर्तव्यनिष्ठ भई आफ्नो भूमिका निर्बाह गर्न निर्देशनसमेत दिए ।

    झण्डावाल गाडिमै फर्किन कार्की पराजुलीले पदबहाली गनुअघि प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्चको गाडीमा झण्डासहित करिव ३ बजे सरकारी निवास बालुटार फर्किएकी थिइन ।

    महाअभियोग दर्ताको जानकारी नभएकोले झण्डावाल गाडिमै उनी फर्किएको सर्वोच्च प्रशासनले तर्क छ। कार्कीले आजै प्रधानन्यायाधीशको हैसियतमा सुडानको डार्फर भ्रष्टाचार प्रकरणसहित चारवटा मुद्दामा फैसलासमेत गरेकी थिइन । 

    विशेषगरी प्रहरी महानिरीक्षक प्रकरणमा पूर्वप्रधानन्यायधीस कल्याण श्रेष्ठका कारण कार्की विवादमा फँसेकी हुन । सुडानको फैसला सकिएपछि महाभियोगको खबर थाहा पाएर कार्की सर्वोच्चका न्यायाधीशसँग बिदा भएकी थिइन । सर्वोच्च छोडदा उनको अनुहार मलिन थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast